• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

एकै दिन सर्वाधिक आरोही

  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

काठमाडौँ, जेठ ८ गते । हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् ।

सङ्घका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, “आरोहण सुरु भएको पछिल्लो एक सातामा १४० जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन २७४ जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो ।”

पछिल्लो दुई दिनयता हिमआँधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो ।

त्यसै गरी ल्होत्सेमा ५० भन्दा बढी र नुप्सेमा १६ जनाभन्दा बढी आरोहीले आरोहण पूरा गरेको उहाँले जानकारी दिनुभयो । यस वर्ष ल्होत्से आरोहण गर्न १४३ जना र नुप्से आरोहण गर्न ५६ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहणका लागि यस वर्ष सगरमाथामा ४९४ आरोहीले अनुमति लिएका छन् । हरेक अनुमति लिने आरोहीका साथमा सहयोगी शेर्पासमेत रहने भएकाले यस पटक एक हजार हाराहारी आरोही सगरमाथाको शिखरमा पुग्ने अपेक्षा गरिएको छ । विभागबाट जारी भएको आरोहण अनुमति अनुसार यस वर्ष सगरमाथामा आरोहणका लागि लिएको अनुमति सङ्ख्या हालसम्मै सर्वाधिक हो । यसअघि सन् २०२१ को वसन्तकालीन याममा ४०८, सन् २०२२ मा ३२५, सन् २०२३ मा ४७८, सन् २०२४ मा ४२१ र सन् २०२५ को यही याममा ४५६ जना आरोहीले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । जस अनुसार सबैभन्दा बढी चीनबाट १०९, अमेरिकाबाट ७७, भारतबाट ६१, बेलायतबाट ३२, रसियाबाट १८ र जापानबाट १२ जना आरोहीले अनुमति लिएका छन् । यस याममा आरोहणका लागि विभागले छ हजार मिटरभन्दा माथिका उचाइका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ । जस अनुसार सबैभन्दा बढी सगरमाथामा ४९४, ल्होत्सेमा १४३, अमादब्लम १११, मकालु (पहिलो) मा ७२, नुप्सेमा ५६ जना आरोहीले अनुमति लिएका छन् ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.