• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

अवरोधबिच विधेयक पारित

  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

प्रतिपक्षी दलहरूको अवरोधबिच प्रतिनिधि सभाले वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भई सांसदका प्रश्नमा जवाफ दिनुपर्ने माग गरेर प्रतिपक्षी दलहरूले बिहीबार पनि सभामा अवरोध गरेका थिए । प्रतिपक्षी दलहरूले रोस्ट्रमअघि नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले सभाको कारबाही अघि बढाउनुभएको थियो । अवरोधबिच तीन वटा विधेयक संशोधन दर्ता प्रव्रिmयाका लागि पनि स्वीकृत भएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनपछिको सभामा अवरोधबिच कार्यसूची अघि बढाइएको यो पहिलो पटक हो ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यान्वयनको माग गर्दै नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यथास्थान र रोस्ट्रम अगाडिबाट नाराबाजी गरेका थिए । नाराबाजीबिच सदन कार्यसूचीमा प्रवेश गराइएको हो । पहिलो बैठकमा अवरोध भएपछि सभामुख अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसँग समेत परामर्श गर्नुभएको थियो । परामर्शपछिको दोस्रो बैठकमा अर्यालले अवरोधबिच कार्यसूची अघि बढाउनुभएको हो ।

अवरोधबिच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयकको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो । सभाबाटै फास्ट ट्र्याकमा विधेयक पारितको कार्यसूची बिहीबारका लागि तय भएको थियो । विधेयकमा दर्ता भएका छ वटा संशोधनमध्ये सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय लिमा अधिकारी आचार्य र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो । छलफलमा भाग लिने क्रममा अधिकारी र कार्कीले सरकारले संशोधन स्वीकार गर्ने जानकारी दिएकाले आफ्नो संशोधन फिर्ता लिएको जानकारी गराउनुभएको थियो ।

प्रतिपक्षी दलका सांसदहरू गणेशबहादुर विश्वकर्मा, पुष्पराज कँडेल र युवराज दुलालले भने छलफलमा भाग लिनुभएन । बैठकमा अवरोध भइरहेकाले राप्रपा सांसद खुश्बु ओलीलाई सभामुख अर्यालले छलफलका लागि समय दिए पनि उहाँले भाग लिनुभएन । वैकल्पिक विकास वित्त परिचालनको दफाबार र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकको सैद्धान्तिक छलफलमा समेत कुनै पनि सांसद सहभागी भएनन् ।

प्रारम्भमै दोहोरियो नजिर

अवरोधबिच बैठक कार्यसूचीमा प्रवेश गराई कानुन तर्जुमाको विगतको नजिर संसद्को प्रारम्भमै दोहोरिएको छ । संसद्मा यसअघि पनि विभिन्न समयमा अवरोधबिच विधेयक पारित भएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्कालीन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध र रोस्ट्रम घेराउबिच प्रतिनिधि सभाले बहुमतले पारित गरेको थियो । यस्तै लोकसेवा आयोग विधेयक, २०७५ पनि राष्ट्रिय सभामा एमाले सांसदहरूले अवरोध गरिरहेका बेला बहुमतबाट पारित भएको थियो । २०७८ को वार्षिक बजेटको प्रतिस्थापन विधेयक पनि एमालेको अवरोधबिच पारित भएको थियो । एमालेको अवरोधबिच २०७८ सालमा एमसिसी सम्झौता पनि संसद्ले अनुमोदन गरेको थियो ।

प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन गर्न माग

प्रतिनिधि सभा नियमावलीको नियम ५६ को प्रश्नोत्तरको व्यवस्था कार्यान्वयन माग गरेर प्रतिपक्षी दलहरूले सभा अवरोध गरेका हुन् । बिहीबारको बैठकमा आकस्मिक, शून्य र विशेष समय सकिएपछि व्यवस्थापन कार्यमा प्रवेश गर्नुअघि प्रतिपक्षी दलहरूले उठेर विरोध जनाएका थिए । नियमावलीले प्रत्येक महिनाको पहिलो साताभित्र प्रधानमन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरेको छ । सो व्यवस्था कार्यान्वयनको माग प्रतिपक्षी दलहरूले गरिरहेका छन् ।

प्रधानमन्त्री एवं रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयकमाथि विचार गरियोस् प्रस्ताव पेस गर्नुअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

विरोधबारे जानकारी दिँदै एमाले संसदीय दलका प्रमुख सचेतक ऐनबहादुर महरले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको समय माग गरे पनि प्रधानमन्त्रीले बेवास्ता गरेको बताउनुभयो । नेपालको संविधानको धारा ७६ (१०) अनुसार प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था पालना नभएकोमा महरले आपत्ति जनाउनुभएको हो । प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा रहेको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पालना नभएको भन्दै सो नियम कार्यान्वयन नभएसम्म सदनको कारबाही नबढाउन महरले आग्रह गर्नुभएको थियो ।

यस्तै श्रम संस्कृति पार्टीका आरेन राईले पनि प्रधानमन्त्रीले आफ्नो अधिकार क्षेत्रको विषयमा सदनप्रति जवाफदेही नभएको भन्दै रुलिङको समेत माग गर्नुभयो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर नभएकोमा आपत्ति जनाउनुभयो । नियमावली र संविधानको कार्यान्वयन संसद्मा हुनुपर्ने मागसमेत उहाँले राख्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर प्रतिपक्षका लागि मात्र नभएको बताउँदै नियमावली कार्यान्वयन नहुनु सदनको अवहेलना भएको जिकिर गर्नुभयो । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीले नियमापत्ति गर्दै संसद्को मर्यादा कायम राख्न माग गर्नुभयो । उहाँले प्रतिपक्ष सांसदहरूको विरोधमा आपत्ति जनाउनुभएको थियो । अवरोधबिच विधेयक पारित गर्दै प्रतिनिधि सभाको बैठक जेठ १२ गतेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.