• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

चितवनको माया बोकेर आयो सुजन चापागाईँको ‘गाजले सुनचरी’

  •   सोमबार, जेठ ११, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ११
नेपाली सुगम संगीत क्षेत्रमा आफ्नो बेग्लै र मौलिक शैलीका कारण स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। नेपाली कला र संगीतलाई प्रवर्द्धन गर्दै आएको प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्य मार्फत् यो गीत बजारमा ल्याइएको हो। विशेष गरी यात्रा गर्न रुचाउने र नयाँ ठाउँ घुमेर जीवनलाई उन्मुक्त रूपमा जिउन चाहने ‘घुमन्ते आत्मा’हरू प्रति समर्पित गर्दै यो यात्रा गीत तयार पारिएको छ।

गायक सुजन चापागाईँले यस गीत मार्फत आफ्नो जन्मभूमि चितवनप्रति विशेष प्रेम र कृतज्ञता प्रकट गरेका छन्। आफूले पहिलो पटक सास फेरेको, पहिलो पाइला सारेको र संगीतको पहिलो धुन सुनेको चितवनको माटो र बाल्यकालको नोस्टाल्जियालाई उनले गीतको माध्यमबाट स्रोतामाझ पस्किएका हुन्। गीतमा नेपाली संगीत उद्योगका प्रख्यात गीतकार हर्क साउदको मन छुने शब्द रचना रहेको छ भने संगीत र स्वर स्वयम् सुजन चापागाईँको रहेको छ। गीतको बिचमा समावेश गरिएको एउटा सुन्दर कविताको अंशलाई पल्लवीले रचना गरेकी हुन्।

यस गीतको अडियो उत्पादनलाई निकै मिहिनेतका साथ उत्कृष्ट बनाइएको छ। कोविद बज्रले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेको यस गीतमा बिकेश बज्रले स्ट्रिङ्स अर्केष्ट्रेसन र रेकर्डिङ सम्हालेका छन्। बज्र क्रिएसन रेकर्ड्समा रेकर्ड गरिएको यस गीतमा जगन्नाथ धौगोडाको तवला, प्रिन्स नेपालीको सारङ्गी र रत्न विकको बाँसुरीको धुनले नेपालीपनको सुगन्ध थपेको छ। त्यसैगरी कोविद बज्र, बिकेश बज्र र सञ्जीव बराइलीको गितार, रोश्ना शाक्य र रोमन बुढाथोकीको भायोलिन, निषाद श्रेष्ठको सेलो तथा कृती नेपालीको ब्याक भोकलले गीतलाई झनै सुमधुर बनाएको छ।

गीतको अडियो जति सशक्त छ, यसको भिडियो पनि उस्तै मनमोहक बनेको छ। अभिषेक सुवेदीको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोमा अभिनेत्री तथा प्रख्यात मोडल सम्पदा घिमिरे र समिशन जिसीले मुख्य भूमिकामा अभिनय गरेका छन्। दुई अपरिचित यात्रीहरू बीच यात्राकै क्रममा मौलाउने सम्बन्ध, सामीप्यता र चितवनको प्राकृतिक सौन्दर्यलाई भिडियोमा निकै कलात्मक रूपमा बुनिएको छ।

सबिन लिङ्दम लिम्बु (प्याटु) को उत्कृष्ट छायाङ्कन र रैवत श्रेष्ठको सम्पादन तथा कलर ग्रेडिङ रहेको यस भिडियोमा चितवनका विभिन्न रमणीय पर्यटकीय स्थलहरू र रिभर ब्याङ्क जंगल रिसोर्ट लगायतका आकर्षक लोकेसनहरू फिचर गरिएका छन्। सार्वजनिक भएसँगै यस गीतले युट्युब र सामाजिक सञ्जालमा संगीतप्रेमी तथा घुमफिरका सौखिनहरूबाट निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

सोमबार, जेठ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.