२० जेठ । बलिउड नायक साहरुख खानको नया फिल्म ‘जवान’ सन् २०२३ को जुन २ बाट रिलिज हुने भएको छ ।आज साहरुखले आफ्नो नयाँ चलचित्र ‘जवान’को नाम र प्रदर्शन मिति सार्वजनिक गरेका छन् ।
साउथका सुपरहिट निर्देशक एट्लीको निर्देशनमा तयार भएको यो फिल्ममा साहरुख खानको फरक अवतार देख्न सकिन्छ । फिल्ममा साहरुखलाई नायक र खलनायकको भूमिकामा देख्न पाइने छ । फिल्ममा साउथकी स्टार नायिका नयनताराको पनि मुख्य भूमिका छ ।
५ बर्षको अन्तरालपछि कमब्याक गर्ने तयारीमा रहेका साहरुखको आउँदो बर्ष ३ वटा चलचित्र रिलिज हुनेछन् । उनको यशराज ब्यानरसँग ‘पठान’, राजकुमार हिरानीसँग ‘डन्की’ र साउथका सुपरहिट निर्देशक एट्लीसँग ‘जवान’ आउने पक्का भएको छ ।
तपाईको प्रतिक्रिया


