• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नेपाललाई सघाउन चीन तयार

  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित

काठमाडौँ, असार २ गते । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यीबिच सोमबार चीनको बेइजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो ।

द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नुभएको हो । उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभएको छ, “आज बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो । हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रसहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा व्यापक छलफल ग¥यौँ ।” उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको प्रस्ट पार्नुभयो । परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल–चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेइजिङस्थित नेपालको राजदूतावासले जनाएको छ । छलफलमा मन्त्री खनालले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने प्रस्ट पार्दै एक चीन नीतिप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री खनालले नेपाल र चीनबिचको मित्रता सहस्राब्दीदेखि फैलिएको र अटल रहेको औँल्याउँदै नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार, नेपाललाई समान मित्रका रूपमा निरन्तर व्यवहार तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मानप्रति चीनले देखाएको सद्भावको प्रशंसा गर्नुभयो ।

छलफलमा दुई छिमेकी सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्दै अघि बढ्नेबारे प्रतिबद्धता जनाइएको छ । दुवै देशले पारस्परिक सम्मान, एक अर्काको प्राथमिकता र संवेदनशीलताप्रति साझा प्रतिबद्धता स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको नेपाली दूतावासले जनाएको छ । दुवै देशबिच पूर्वाधार विकास, सम्पर्क सञ्जाल निर्माण, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल आयात निर्यात, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणसहित जनसम्बन्धलगायत विविध क्षेत्रमा सहकार्यलाई बढाउन सकिने विषयमा पनि दुई मन्त्री सहमत हुनुभएको दूतावासले जानकारी दिएको छ ।

छलफलमा चीनका विदेशमन्त्री यीले नेपाल चीनबिचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै नेपालको नयाँ उपलब्धि संस्थागत गर्न चीन सरकारको तत्परता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री खनालसँगको वार्ताक्रममा वाङले राख्नुभएको धारणा उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, “राजनीतिक पारस्परिक विश्वास बढाउन र समयसँगै चीन–नेपाल रणनीतिक सहयोगमा नयाँ उपलब्धि प्रवर्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक छ ।”

वाङले चीन र नेपाल हिमालय र नदीसँगै साझा भाग्य बाँडेर बसेको देश भएको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएदेखि, अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको घरेलु परिस्थितिमा आएको परिवर्तनलाई ध्यान नदिई, दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई निरन्तर समर्थन गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले द्विपक्षीय सम्बन्धको दिगो विकास यात्रामा सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नुभएको स्मरण गर्नुभयो । जस अनुसार दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक सहकारी साझेदारी स्थापना भएको औँल्याउनुभयो ।

यीले थप्नुभयो, “चीन सधैँ नेपालको विकास, पुनरुत्थान र आधुनिकीकरण प्रक्रियामा एक विश्वसनीय र भरपर्दो असल छिमेकी र साझेदार हुने छ, चीन नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयन गर्न इच्छुक छ, जसले पावर ग्रिड, राजमार्ग, बन्दरगाह र उड्डयन जस्ता क्षेत्रमा सहयोगमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने छ ।”

नेपालको तर्फबाट परराष्ट्रमन्त्री खनालले चीनको विकास नेपालका लागि अवसर भएको उल्लेख गर्दै नेपाल चिनियाँ लगानीलाई स्वागत गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले चिनियाँ उद्यमीका लागि निष्पक्ष, कानुनको शासन र मैत्रीपूर्ण व्यावसायिक वातावरण प्रदान गर्न नेपाल इच्छुक रहेको बताउनुभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । उहाँको भनाइ उद्धृत गर्दै मन्त्रालयले भनेको छ, “नेपाल चीनको शासन अनुभवबाट सिक्न इच्छुक छ, गरिबी निवारण र वातावरण संरक्षणमा चीनको उपलब्धिको प्रशंसा गर्दछ र उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय रूपमा कार्यान्वयनमा जाने छ, नेपाल–चीन कनेक्टिभिटी सुधार गर्ने छ, विभिन्न क्षेत्रमा पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्धन गर्ने छ ।”

दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा पनि धारणा आदानप्रदान गर्नुभएको थियो । बैठकपछि मन्त्री खनालले उहाँको सम्मानमा विदेशमन्त्री यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।

सिसिपीका विदेश विभाग प्रमुखसँग छुट्टै भेट

परराष्ट्रमन्त्री शिशिर खनाल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विदेश विभाग प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङबिच सोमबारै बेइजिङमा भेटवार्ता भयो । उक्त भेटमा दुवै पार्टीबिच भविष्यमा थप गहिरो सहकार्यका सम्भावनाबारे छलफल भएको थियो । मन्त्री खनालले भेटपछि खुसी व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत छलफल फलदायी भएको अवगत गराउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामीबिच नेपाल र चीनबिचको सम्बन्ध थप प्रगाढ बनाउने, पार्टीगत सहकार्यलाई विस्तार गर्ने, जनसम्बन्धलाई अझ गहिरो बनाउने विषयमा फलदायी छलफल भएको छ ।”

साथै सिपिसीका विदेश विभाग प्रमुख लिउले रास्वपासँग सिपिसीले आपसी आदानप्रदान अझ बढाउने चाहना भेटमा व्यक्त गर्नुभयो । आपसी सम्बन्ध विस्तारसँगै शासकीय अनुभवको साझेदारी विकास गर्न अन्तरपार्टी सहयोग आदानप्रदान गर्न तयार रहेको स्पष्ट पार्नुभएको जनाइएको छ । यसैबिच मन्त्री खनालले सोमबारै चिनियाँ विज्ञान प्रतिष्ठान तथा तिब्बती पठार अनुसन्धान संस्थानको अवलोकन भ्रमण गर्नुभयो । सो क्रममा उहाँले अध्ययन अनुसन्धानसँग सम्बन्धित साझा क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने धारणा सो क्रममा राख्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.