• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कक्षा १२ को नतिजामा सुधार

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित

काठमाडौँ, असार ६ गते । पछिल्ला वर्ष कक्षा १२ को नतिजामा निरन्तर सुधार देखिएको छ । अघिल्लो वर्ष ६१.१७ प्रतिशत रहेको नतिजा यस वर्ष वृद्धि भएर ६९.७५ प्रतिशत पुगेको छ । दुई वर्षअघि कक्षा १२ को उत्तीर्ण प्रतिशत ५२.९१ प्रतिशत मात्रै थियो । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा १२ कक्षाको नतिजामा झन्डै १७ प्रतिशत वृद्धि देखिएको छ ।

यस पटक १२ को परीक्षामा नतिजा वृद्धि हुनुमा थुप्रै कारण भए पनि विगत केही वर्षदेखि प्रश्नपत्र निर्माण तथा उत्तरपुस्तिका परीक्षणमा शिक्षकलाई दिइएको तालिम र विगतका नतिजालाई विश्लेषण गर्दै अपनाइएको सुधारात्मक उपाय मुख्य भएको परीक्षा बोर्डले जनाएको छ । बोर्डले पछिल्लो समय प्रश्नपत्र निर्माणका लागि शिक्षकलाई तालिम दिन थालेको छ ।

परीक्षा बोर्डका नियन्त्रक (कक्षा १२) कृष्ण शर्माका अनुसार यस क्रममा दुई हजारभन्दा धेरै शिक्षकलाई यस्तो तालिम दिइएको छ । बोर्डले विगतका प्रश्नपत्र तथा नतिजाको विश्लेषण गर्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म नतिजा सुधारको अभियान चलाएको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “यस अभियानले शिक्षक, विद्यार्थी, अभिभावक सबैलाई झकझक्यायो । जसको परिणाम नतिजामा देखियो ।”

बोर्डले परीक्षा गत जेठ १४ बाट २७ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षामा चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमध्ये नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी रहेका परीक्षा बोर्डले जनाएको छ । सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर बोर्डले निर्देशन भएको समयावधिअगावै नतिजा सार्वजनिक गरेको हो । यसअघि एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएसँगै स्नातक तहमा भर्ना हुन विद्यार्थीलाई सहज भएको छ । विगतमा स्नातक तहको भर्नाको सूचना जारी हुँदासमेत कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक नहुँदा विद्यार्थी मर्कामा पर्ने गरेका थिए ।

सुशासनप्रतिको प्रतिबद्धता : शिक्षामन्त्री

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुशासनप्रति सरकारको प्रतिबद्धताका कारण कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक भएको बताउनुभएको छ । छिटो नतिजा प्रकाशन हुँदा समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने मन्त्री पोखरेलले बताउनुभयो । मन्त्रीपरिषद्ले तीन महिनामा गरेका बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री पोखरेलले शुक्रबार भन्नुभयो, “विगतमा नतिजा सार्वजनिक गर्न तीन महिनाभन्दा बढी समय लाग्ने गरेको थियो । यस पटक प्रशासनिक प्रक्रियालाई चुस्त बनाउँदै छोटो अवधिमै काम सम्पन्न गरिएको हो ।’

विगतमा नतिजा ढिलो आउँदा विश्वविद्यालयको भर्ना, कक्षा सञ्चालन र परीक्षासमेत पछाडि धकेलिने गरेको उल्लेख गर्दै उहाँले यस पटक सहज हुने बताउनुभयो । कक्षा १२ को नतिजा छिटो सार्वजनिक भएका कारण अब विश्वविद्यालयलाई पनि समयमै परीक्षा लिन र नतिजा प्रकाशन गर्न मद्दत पुगेको छ । त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालयले यस वर्षदेखि भर्ना र पठनपाठनको कार्यतालिका अगाडि नै सुरु गर्ने तयारी गरिसकेको पनि मन्त्री पोखरेलले जानकारी दिनुभयो । बोर्डले दुई विषयमा ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका परीक्षार्थीका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.