• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

छाउपडी प्रथाको पीडा बोकेको ‘हली’को टिजर सार्वजनिक

  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित

काठमाडौं । साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’को टिजर सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले प्रचार अभियानलाई तीव्र बनाउने क्रममा टिजर सार्वजनिक गरेको हो।

एक मिनेट २८ सेकेन्ड लामो टिजरले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाको पीडादायी पक्षलाई उजागर गरेको छ। महिनावारी भएका कारण एक किशोरीलाई घरबाट अलग्गै गोठमा राखिने परम्परा र त्यसले निम्त्याउने सामाजिक तथा मानवीय पीडालाई टिजरमा मार्मिक ढंगले प्रस्तुत गरिएको छ।

टिजरमा छोरीलाई महिनावारी भएका बेला परिवारका सदस्य, विशेषगरी बुबाले समेत अनुहार हेर्न नहुने जस्ता अन्धविश्वासलाई चित्रण गरिएको छ। यस्ता विभेदकारी प्रथाविरुद्ध एक शिक्षित युवाले कानुनी लडाइँ सुरु गरेको संकेत पनि टिजरले दिएको छ। कथावस्तु पुरानो सामाजिक अभ्याससँग जोडिएको देखिए पनि यसको सन्दर्भ आजको नेपाली समाजसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको अनुमान गर्न सकिन्छ।

ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा उनी स्वयं मुख्य भूमिकामा छन्। साथै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय पनि चलचित्रमा रहनेछ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रमा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ।

यसअघि चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको विशेष गीतले पनि दर्शकमाझ राम्रो चर्चा पाएको थियो। उक्त गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुत गरेका छन्।

चलचित्रको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा ओम प्रतीक र गहतराजले संयुक्त रूपमा काम गरेका छन्। राहुल राईको छायांकन रहेको चलचित्रको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका हुन्।

चलचित्रका गीतमा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ।

कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको चलचित्रको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ। चलचित्रको प्रचारप्रसारका लागि विदेशबाट अभिनेत्री सुजता थापा पनि नेपाल आइसकेकी छन्।

शनिबार, असार ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.