जेठ २१,भरतपुर। आशिष अधिकारी
भरतपुर माहानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारीले समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाइ कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
आज शनिबार जानकी टोल, जनजागरण टोल र शिबघाट टोलले भरतपुर ४ लकुमा सयुक्त रुपमा आयोजना गरेको नबनिर्वाचित जनप्रतिनिधिहरुलाइ सम्मान कार्यक्रममा बोल्दै उप प्रमुख अधिकारीले बिकास निर्माणको कामलाइ हल्का रुपमा नलिन आग्रह गर्नु भयो । उहाँले माहानगर बिकास र समृद्धिको बाटोमा अगाडि बढेकाेले हेलचक्रयाइ नगर्न पनि अनुरोध गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख अधिकारीले राधाकृष्ण पच्चाङ मन्दिरको सत्तलको पनि उद्घाटन गर्नु भएको थियोे ।
कार्यक्रममाभरतपुर माहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्पण पोख्रेल, राधाकृष्ण पच्चाङ मन्दिर लकुका अध्यक्ष दुर्गादत्त खरेल, नेपाली काङ्ग्रेस भरतपुर माहानगरका प्रबक्ता इश्वर प्रभाकर श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।


