• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रास्वपाको गाडी ‘एक्सप्रेस वे’ मा छ, गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्छ: प्रधानमन्त्री वालेन्द्र शाह

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित

चितवन, असार ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले रास्वपा नेतृत्वको सरकारको ब्रेक गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ । रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्ने क्रममा नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवालीले सरकारको सञ्चालनलाई गाडीको ब्रेक र एक्सिलेटरसँग तुलना गर्नुभएको प्रसङ्गलाई जोड्दै प्रधानमन्त्री शाहले सरकारको गति गन्तव्यमा पुगेर मात्र रोकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गाडीमा ब्रेकको चिन्ता लोकल सडकमा हिँड्दा मात्र हुन्छ । हाम्रो गाडी कुनै लोकल सडकमा होइन, ‘एक्सप्रेस वे’ मा गुडिरहेको छ, जुन गन्तव्यमा पुगेपछि मात्रै रोकिन्छ ।” उहाँले वर्तमान सरकारको यही कार्यकालभित्रै सुकुमवासी तथा सहकारी क्षेत्रका समस्यालाई पूर्ण रूपमा समाधान गर्ने दृढ विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री शाहले सङ्घीय संसद् (प्रतिनिधिसभा)मा आफैँले नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको अभिव्यक्तिबारे चितवन पुगेर थप स्पष्टीकरण दिनुभएको छ । संसद्‍मा आफूले भारतसँगको सीमा विवादबारे ब्रिटिस (बेलायत)सँग पनि कुरा गर्न तयार रहेको भनी दिएको अभिव्यक्तिमा तेस्रो देशको मध्यस्थता किन चाहियो भनी उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “हामीसँग कालापानी र लिपुलेक नेपालकै हो भन्ने अकाट्य ऐतिहासिक प्रमाण छ । तत्कालीन समयमा ब्रिटिसले राज गर्दाको प्रमाण आवश्यक परे त्यो पनि ल्याउँछौँ मात्र भनिएको हो, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका हैनौँ ।” उहाँले छिमेकी राष्ट्रसँग प्रमाणका आधारमा आफैँ संवाद गरेर सीमा समस्या हल गर्ने उल्लेख गर्दै आफ्नो राष्ट्रियताप्रति कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभयो ।

महाधिवेशन प्रतिनिधिलाई निर्देशित गर्दै प्रधानमन्त्री शाहले महाधिवेशन अवधिभर दलको आन्तरिक सुदृढीकरणमा केन्द्रित हुन र त्यसपछि पाँच वर्ष देशको बृहत्तर हित र विकासका लागि सोच्न आग्रह गर्नुभयो । रास्वपाको एकल सरकार रहेकाले महाधिवेशनबाट केन्द्रीय नेतृत्वमा चुनिए पनि वा नचुनिए पनि हरेक रास्वपाकर्मी आफैँमा प्रधानमन्त्री र मन्त्री सरह जिम्मेवार रहेको उहाँको भनाइ छ ।

पार्टीको कार्यशैली र विचारबारे बाहिर चलेका चर्चाको सन्दर्भमा बोल्दै उहाँले बाहिरी हाउभाउ हेर्दा रास्वपा अनियन्त्रित देखिए पनि पूर्ण रूपमा नियन्त्रित र जनउत्तरदायी रहेको दाबी गर्नुभयो । रास्वपा पूर्ण रूपमा ‘विकासवादी पार्टी’ भएको प्रष्ट पार्दै उहाँले आगामी निर्वाचनमा आफूहरू केवल सुशासन र विकासको एजेन्डा मात्र लिएर जनतामाझ जाने बताउनुभयो । भ्रष्टाचार नियन्त्रणका सवालमा बोल्दै उहाँले भ्रष्टाचार सम्बन्धी अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच घण्टा मात्र नभई आवश्यक परे पाँच वर्षसम्म पनि सोधपुछ र छानबिन गर्न सक्ने कानुनी स्वतन्त्रता हुनुपर्ने धारणा राख्नुभयो ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.