चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
पुरुषतर्फको एक उपसभापति पदका लागि उम्मेदवारी दिएका विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले निर्विरोध बनेका हुन्। उम्मेदवारी फिर्ता लिएसँगै श्रेष्ठले स्वर्णिम वाग्लेको प्रस्तावकको भूमिकासमेत निर्वाह गरेका छन्।
रास्वपाको विधानअनुसार पार्टीमा एक सभापति, दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीसहित पदाधिकारी चयन हुने व्यवस्था रहेको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया जारी छ।
यसअघि सभापति पदमा रवि लामिछाने एक्लो उम्मेदवार रहेकाले निर्विरोध निर्वाचित भइसकेका छन्। उपसभापतिमा वाग्ले पनि निर्विरोध निर्वाचित भएपछि अब बाँकी पदाधिकारीका लागि निर्वाचन प्रक्रिया अघि बढ्नेछ।
तपाईको प्रतिक्रिया



