जेठ २२ , भरतपुर ।नेपाल विद्यार्थी संघ चितवनले आज भरतपुरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण तथा सरसराई कार्यक्रम सम्पन्न गरेको छ ।
भरतपुर स्थित बाइपास सडकको हरित गृह पेटीमा करिव २०० वटा विविध प्रजातिका विरुवाहरु रोपेर समाज र विश्व वातावरण प्रतिको आफ्नो दायित्व निर्वाह गरेको छ संघले जनाएको छ । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनका सचिव ध्रुवराज पोखरेल प्रमुख अतिथि रहनु भएको थियो । उहाले वढ्दै गइरहेको वातावरण प्रदुषणलाई कम गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने वताउनु भयो ।
नेपाल विद्यार्थी संघले गरेको कार्यले जनता प्रति सकारात्मक संदेश प्रवाह भएकोमा खुशी व्यक्त गर्दै पोखरेलले यस प्रकारको कार्यक्रमको निरन्तरताको अपेक्षा समेत गर्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति भरत प्रसाद लामिछाने, महासमिति सदस्य निरु कार्की, निवर्तमान सहसचिव राजन कार्की, पूर्व जिल्ला सदस्य मित्रनिधि तिवारी, वालकुमारी कलेजका प्राचार्य जगदीश्वर खनाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकास भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।


