• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘गौँथली’को ट्रेलर ट्रेन्डिङमा, प्रदर्शनअघि नै बढ्यो हाइप

  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित

काठमाडौं । आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘गौँथली’ प्रति दर्शकको उत्साह बढ्दै गएको छ। सार्वजनिक टिजर र ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुल्दै गएपछि चलचित्र प्रदर्शनअघि नै चर्चाको केन्द्रमा पुगेको हो।

चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर अहिले युट्युबको नेपाल ट्रेन्डिङमा चलचित्रतर्फ दोस्रो स्थानमा पुगेको छ। ट्रेलरको भावनात्मक कथा, कलाकारको अभिनय र ग्रामीण परिवेशको प्रस्तुतिले दर्शकको ध्यान तानेको देखिन्छ।

सामाजिक सञ्जालमा ट्रेलरप्रति दर्शकले खुलेर प्रशंसा गरिरहेका छन्। धेरैले चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने विश्वास व्यक्त गरेका छन्। एक दर्शकले युट्युबमा टिप्पणी गर्दै लेखेका छन्, “यो चलचित्रले ‘पूर्णबहादुरको सारङ्गी’को रेकर्ड तोड्नुपर्छ।” अर्का दर्शकले “नेपाली फिल्म भनेको यस्तै हुनुपर्छ, ट्रेलरमै मन छोयो” भन्दै शुभकामना दिएका छन्।

विशेषगरी अटिजम भएका युवकको भूमिकामा रहेका अरुण क्षेत्री र उनकी सहकलाकार सिम्रन खड्काको अभिनयले दर्शकबाट व्यापक प्रशंसा पाइरहेको छ। प्रचारप्रसारका क्रममा उनीहरूले गरेको मेहनतको पनि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

धेरै दर्शकले ट्रेलर नै भावुक बनाएको प्रतिक्रिया दिएका छन्। एक दर्शकले “ट्रेलरले नै रुवायो, पूरा फिल्मले त झन् के गर्ला?” भन्दै टिप्पणी गरेका छन्। अर्का दर्शकले कलाकारहरूको अभिनय, संवाद र भावनात्मक प्रस्तुतिले चलचित्रप्रति झन् उत्सुकता बढाएको उल्लेख गरेका छन्।

चलचित्रले अटिजम भएका युवकसँग विवाह गरेकी युवतीले भोग्ने संघर्ष, शिक्षाप्रतिको लगाव, परम्परागत सोचसँगको द्वन्द्व र सामाजिक यथार्थलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।

डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिनेछन्।

डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार गरेका हुन्। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता सुमन गिरी र डा. कपिल रिजाल हुन् भने कार्यकारी निर्माता सरला रिजाल रहेकी छन्।

शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको छ।

रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्ने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।

उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ। अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका दर्शकलाई लक्षित गर्दै चलचित्र निर्देशन गरेका हुन्।

बिहिबार, असार २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.