• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित

एजेन्सी- इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रमअन्तर्गत इराकका पवित्र सहर नजाफ र कर्बलामा बुधबार हजारौँ शोकाकुल सहभागी भएका छन् । अत्यधिक भीडका कारण केही समय शवयात्रा अव्यवस्थित बनेपछि शव बोक्ने टोलीले कफिनलाई सुरक्षित राख्न भुइँनजिक झार्नुपरेको थियो ।

फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो । उहाँ युद्धका क्रममा मारिएका वरिष्ठ इरानी नेतामध्ये एक हुनुहुन्थ्यो । उहाँको अन्त्येष्टिका कारण केही समय रोकिएको अमेरिका–इरान वार्ताबीच पछिल्ला दिनमा पुनः सैन्य तनाव चर्किएको छ । तेहरानले हर्मुज जलघाँटीमा तीन जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकी सेनाले बुधबार इरानमा आक्रमण गरेको थियो भने त्यसको जवाफमा इरानले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य लक्ष्यमा प्रहार गरेको जनाएको छ ।

तेहरानमा शनिबारदेखि सुरु भएको अन्त्येष्टि कार्यक्रमपछि खामेनीको पार्थिव शरीर इराक ल्याइएको हो । विश्वभरका शिया मुस्लिमका लागि अत्यन्त पवित्र मानिने नजाफमा मङ्गलबार पार्थिव शरीर पुगेपछि हजारौँ समर्थकले स्वागत गरेका थिए । इरानी राष्ट्रपति मसुद पेजेस्कियान, विदेशमन्त्री अब्बास अराघची तथा अन्य वरिष्ठ अधिकारीले शवयात्रामा सहभागिता जनाउनुभएको थियो । इस्लामिक गणतन्त्रको झण्डाले ढाकिएको काँचको कफिनमा राखिएको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन समर्थकहरूको ठूलो भीड जुटेको थियो ।

नजाफस्थित इमाम अलीको पवित्र मन्दिरमा वरिष्ठ धर्मगुरु मुहम्मद ताकी अल–हाकिमले अन्त्येष्टि प्रार्थनाको नेतृत्व गर्नुभयो । कफिन मन्दिरतर्फ लैजाँदा श्रद्धाञ्जलि अर्पण गर्न आतुर भीडले धक्का दिएपछि अवस्था केहीबेर नियन्त्रणबाहिर गएको थियो । कफिन ढल्न सक्ने अवस्था आएपछि शव बोक्ने टोलीले त्यसलाई तल झारेर सुरक्षित रूपमा अगाडि बढाएको थियो ।

अन्त्येष्टिमा सहभागी जाफर जवादले खामेनीको पार्थिव शरीर नजाफ ल्याइनु इराकका लागि ठूलो सम्मान भएको बताउँदै उहाँप्रति आफ्नो निष्ठा कायम रहने प्रतिक्रिया दिनुभयो ।

त्यसपछि पार्थिव शरीर कर्बला लगिएको थियो । इमाम हुसेनको समाधिस्थल रहेको कर्बलामा पनि हजारौँ समर्थक उपस्थित भएका थिए । इराकका प्रमुख शिया धर्मगुरुका प्रतिनिधि अब्दुल महदी अल–कारबालेईले त्यहाँ अन्त्येष्टि प्रार्थनाको नेतृत्व गर्नुभयो । यहाँ पनि श्रद्धाञ्जलि दिन भीड अत्यधिक भएपछि कफिन पटक–पटक हल्लिएको थियो । आयोजकहरूले स्थिति नियन्त्रणमा लिन कफिनलाई भुइँमा राखेर श्रद्धाञ्जलिको व्यवस्था मिलाएका थिए ।

यसैबीच, इरानका नयाँ सर्वोच्च नेता आयातोल्लाह मोजताबा खामेनी अन्त्येष्टि कार्यक्रममा सहभागी हुनुभएको छैन । आफ्ना पिताको ज्यान गएको हवाई आक्रमणमा घाइते भएपछि उहाँ सुरक्षित स्थानमा रहेको अनुमान गरिएको छ ।

बिहिबार, असार २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु
नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज
यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.