• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

गर्मी छल्न पर्यटक रिग क्षेत्रमा

  •   शनिबार, असार २७, २०८३ मा प्रकाशित

बागलुङ । हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ । जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ । यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ । गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन् ।

उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहपहल बढेको हो । बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग ताल एक दशक अगाडिसम्म ओझेलमा थियो । तर पछिल्लो समय प्रचारप्रसार हुँदा पर्यटक आकर्षणको केन्द्र बनेको हो ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिकै पर्ने रिग क्षेत्रमा प्रकृतिसँगै गोठाले जनजीवन, हजारौँ सङ्ख्याका बस्तुभाउ र वन्यजन्तुसँग रमाउन आउनेको संख्या बढी छ । बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लाको सङ्गम स्थल पातीहाल्नेदेखि १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने रिगतालसम्म सडक पनि पुगेको छ । जसले पर्यटकलाई सवारी साधानमै तालसम्म पुग्न सहज बनाएको छ ।

पछिल्लो सात वर्षमा रिग ताल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या ह्वातै बढेको निसीखोला गाउँपालिका–६ का पूर्णबहादुर घर्ती मगरले बताए । पहिले गोठालाले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको रिगतालमा अहिले दैनिक पर्यटक आउने गरेका छन् । असारको पहिलो सातादेखि नै दैनिक एक सयभन्दा बढी पर्यटक रिग क्षेत्रमा आउने गरेको घर्ती मगरले सुनाए ।

उनले भने, “सडकको विकासले गोठाला बस्ने ठाउँमा पर्यटक आउन थाले, पहिले त निसी, भल्कोट गाउँका गोठालाहरू भेडाबाख्रा, गाईभैँसी लिएर बर्खा भरि बस्ने ठाउँ हो, तर अहिले रिग डाँडाभरी मान्छेहरूको भिड लाग्छ, ठाउँ पनि राम्रो छ ।”

अरू बेलाभन्दा बिदाको दिन ५०० बढी पर्यटक रिग तालमा आउने गरेका घर्तीले जानकारी दिए । पर्यटकले गोठमै आएर दूध, दही र घ्यूसमेत खरिद गर्दा आम्दानी राम्रो हुने गरेको बताए । पर्यटकले प्लास्टिकका बोटल, बियरका सिसा र अन्य प्लास्टिकजन्य फोहोर जथाभाबी गर्ने गरेको उनले गुनासो गरे ।

खासगरी बुटवल, दाङ, नेपालगन्ज, चितवन, भैरहवा लगायतका ठाउँबाट पर्यटकहरू गर्मी छल्न यति बेला रिगताल आउने गरेका छन् । नेपालगन्जबाट घुम्न आएका रितेश ताम्राकारले तराईमा निकै गर्मी बढेको हुँदा एक साता सितल खोज्दै पहाड उक्लिएको बताए । पहाड आएको समयमा चौरीखर्क, ढोरपाटन, निसेलढो र रिगतलामा घुमेको उनले सुनाए ।

“तराईमा निकै गर्मी बढेको छ, यहाँको जस्तो सितल हावा पाउन त निकै गाह्रो पर्छ, यहाँको हावापानी धेरै राम्रो रहेछ, एकै छिन बस्यो भने जाडोले काप्ने अवस्था आउँछ,” उनले भने, “गर्मी महिनाभरि यतै बसौँ जस्तो लाग्यो ।”

भैरहवाका प्रवेश पौडेलले पहाड घर गुल्मी आएको बेला साथीहरूसँग रिगताल घुम्न आएको बताए । भैरहवामा अत्यधिक गर्मी बढेको सुनाउँदै उनले रिगताल आएपछि यहाँको प्रकृति र हावापानीसँग रमाउँदै आनन्द आएको बताए ।

शनिबार, असार २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.