• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भावुक बनाउने ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘बा : एक योद्धा’को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरले परिवार, बुवाको त्याग र अप्रत्याशित पीडाको भावनात्मक कथा उजागर गर्दै दर्शकको ध्यान तानेको छ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादसँग सुरु हुने टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा घर फर्किएको देखिन्छ। उनको अनुहार, हाउभाउ र अवस्थाले परिवारमा ठूलो दुर्घटना वा कहालीलाग्दो घटना घटेको संकेत गर्छ।

घर पुग्नेबित्तिकै उनका मनमा विगतका खुसीका पलहरू चलचित्रझैँ एकपछि अर्को गर्दै फर्किन्छन्। सुखी परिवारको मुस्कानसँगै छोरीले ‘बाबा’ भन्दै दौडिरहेको दृश्य, गाउँभरि फैलिएको त्रास, आत्तिएका गाउँले र परिवारमा आएको अचानकको विपत्तिले टिजरलाई थप भावुक बनाएको छ।

टिजरको अर्को सशक्त संवाद ‘आज बाउको मुख हेर्ने दिन… तर एउटा बाले आफ्नै छोराको मुख हेर्न पाएन’ ले कथाको संवेदनशील पक्षलाई अझ गहिरो बनाउँछ। झरना थापा र सुहाना थापाको भावुक अभिनयले पनि टिजरको प्रभावलाई थप मजबुत बनाएको छ।

टिजरले एउटा सामान्य र खुसी परिवारको जीवन कसरी एकाएक बदलिन्छ भन्ने देखाए पनि त्यो विपत्तिको कारण भने रहस्यमै राखिएको छ। यही रहस्यले चलचित्रप्रति दर्शकको जिज्ञासा बढाउने अपेक्षा गरिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रले नेपाली समाजमा बुवाले सन्तानका लागि गर्ने अथाह त्याग, संघर्ष, जिम्मेवारी र पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ। चलचित्र कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। कथा, पटकथा र निर्देशन हरि लम्साल स्वयंले गरेका छन् भने शिवराम श्रेष्ठको छायांकन, तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच. तामाङ र प्रदीप धामीले देशभर वितरण गर्नेछन्।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.