• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. बागमती सरकारबाट बाहिरियो एमाले, सबै मन्त्रीको सामूहिक राजीनामा

भावुक बनाउने ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाली चलचित्र ‘बा : एक योद्धा’को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ १९ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरले परिवार, बुवाको त्याग र अप्रत्याशित पीडाको भावनात्मक कथा उजागर गर्दै दर्शकको ध्यान तानेको छ।

‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने संवादसँग सुरु हुने टिजरमा मुख्य अभिनेता दिव्यदेव पन्त रगतले लत्पतिएको अवस्थामा घर फर्किएको देखिन्छ। उनको अनुहार, हाउभाउ र अवस्थाले परिवारमा ठूलो दुर्घटना वा कहालीलाग्दो घटना घटेको संकेत गर्छ।

घर पुग्नेबित्तिकै उनका मनमा विगतका खुसीका पलहरू चलचित्रझैँ एकपछि अर्को गर्दै फर्किन्छन्। सुखी परिवारको मुस्कानसँगै छोरीले ‘बाबा’ भन्दै दौडिरहेको दृश्य, गाउँभरि फैलिएको त्रास, आत्तिएका गाउँले र परिवारमा आएको अचानकको विपत्तिले टिजरलाई थप भावुक बनाएको छ।

टिजरको अर्को सशक्त संवाद ‘आज बाउको मुख हेर्ने दिन… तर एउटा बाले आफ्नै छोराको मुख हेर्न पाएन’ ले कथाको संवेदनशील पक्षलाई अझ गहिरो बनाउँछ। झरना थापा र सुहाना थापाको भावुक अभिनयले पनि टिजरको प्रभावलाई थप मजबुत बनाएको छ।

टिजरले एउटा सामान्य र खुसी परिवारको जीवन कसरी एकाएक बदलिन्छ भन्ने देखाए पनि त्यो विपत्तिको कारण भने रहस्यमै राखिएको छ। यही रहस्यले चलचित्रप्रति दर्शकको जिज्ञासा बढाउने अपेक्षा गरिएको छ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्रले नेपाली समाजमा बुवाले सन्तानका लागि गर्ने अथाह त्याग, संघर्ष, जिम्मेवारी र पारिवारिक सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ। चलचित्र कुशे औँसी (बुबाको मुख हेर्ने दिन)को पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।

चलचित्रमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता वसन्त लम्साल हुन्। कथा, पटकथा र निर्देशन हरि लम्साल स्वयंले गरेका छन् भने शिवराम श्रेष्ठको छायांकन, तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ।चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनमार्फत आशिष एच. तामाङ र प्रदीप धामीले देशभर वितरण गर्नेछन्।

शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.