• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

चराको चिरबिरसँगै ब्युँझिन्छ कोशीटप्पु

  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित

वराहक्षेत्र, साउन १० गते । चराको राजधानीका रूपमा परिचित कोशीटप्पु वन्यजन्तु आरक्ष हरेक बिहान चराको चिरबिरले गुञ्जायमान हुन्छ । सप्तकोशी नदी किनारमा फैलिएको सिमसार, फाँट र घाँसेमैदानमाथि उडिरहेका चराका बथानले आरक्षलाई जीवन्त बनाइरहन्छ । हरेक बिहान र साँझ चराको सामूहिक स्वरले आरक्षको वातावरण झनै मनमोहक बन्छ ।

कोशी र मधेश प्रदेशको सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको १७५ वर्ग किलोमिटर क्षेत्रफलको आरक्षमा दुर्लभ तथा बसाइँसराइ गर्ने चरा प्रत्येक वर्ष आउने गरेको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख तथा वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले बताउनुभयो । उहाँका अनुसार साइबेरिया, मङ्गोलिया तथा मध्यएसियाका विभिन्न भूभागबाट हजारौँ किलोमिटर यात्रा गरी चरा जाडो छल्न कोशीटप्पु आइपुग्ने गरेका छन् ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार हालसम्म ५३५ प्रजातिका चराको अभिलेख गरिएको छ । आरक्षित जङ्गलमा २० प्रकारका साना ठुला जनावर पाइने वरिष्ठ संरक्षण अधिकृत यादवले बताउनुभयो । उहाँका अनुसार हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर आदि जनावर आरक्षका जङ्गलमा सजिलै देख्न सकिन्छ । ५०२ प्रकारका सपुष्षक, ७७ प्रजातिका पुतली, ४० प्रजातिका स्तनधारी जनावर, १४१ प्रजातिका माछा, ५७ प्रजातिका ढाड नभएका जनावर, १८ प्रकारका जडीबुटी, ३३ प्रकारका डालेघाँस, २२ प्रकारका खानयोग्य वनस्पति र १२ प्रकारका उन्यु आरक्ष क्षेत्रमा पाइने आरक्ष कार्यालयले जनाएको छ ।

जलचर, सिमसारमा आश्रित चरा, सिकारी चरा तथा दुर्लभ प्रजातिका चराको उपस्थितिले कोशीटप्पुलाई अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रका रूपमा परिचित गराएको छ । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षणलाई नेपालकै पहिलो रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो । आरक्ष दुर्लभ जङ्गली अर्नाको प्रमुख बासस्थानका रूपमा पनि परिचित छ । चरा अवलोकनका लागि हरेक वर्ष आन्तरिक तथा विदेशी पर्यटक कोशीटप्पु आउने गरेका छन् । बिहान र साँझ चराको गतिविधि अवलोकन गर्न आउने पर्यटकका कारण स्थानीय पर्यटन व्यवसायलाई पनि टेवा पुगेको स्थानीय नेचर गाइड विमल तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा होमस्टे, डुङ्गा सयर र प्रकृति पदयात्राप्रति आन्तरिक पर्यटकको आकर्षण बढ्दो छ ।

कोशीटप्पुको प्राकृतिक सौन्दर्यसँगै संरक्षणमा चुनौती पनि बढिरहेको बताइन्छ । सप्तकोशी नदीको बदलिँदो धार, बाढी, मिचाहा वनस्पतिको विस्तार, जलवायु परिवर्तन तथा मानवीय गतिविधिका कारण चराको बासस्थान खुम्चँदै गएको चराविज्ञ अनिष तिम्सिनाले बताउनुभयो । किसानले खेतबारीमा हाल्ने किटनाशक विषादीको बढ्दो प्रयोगले चराका लागि आवश्यक आहारा र प्राकृतिक वातावरणमा समेत नकारात्मक असर परेको उहाँको भनाइ छ । जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको तिम्सिना बताउनुहुन्छ ।

चराको चिरबिरले गुञ्जिने कोशीटप्पु जोगाउन सकिए यसले प्रकृतिको सन्तुलन कायम राख्ने साथै पर्यटन, अध्ययन अनुसन्धान र स्थानीय अर्थतन्त्रलाई समेत दीर्घकालीन टेवा पु¥याउने छ । चराको मधुर स्वरले जीवन्त बन्ने कोशीटप्पु पूर्वी नेपालको प्राकृतिक सम्पदाको गौरव मानिन्छ । यसको संरक्षण गर्न सके मात्र भावी पुस्ताले पनि प्राकृतिक सम्पदाको अवलोकन गर्ने अवसर पाउने छन् ।

आइतबार, साउन १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.