• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

जब बिर्तामोडको आकाशमा उडे चन्द्र यान र रकेट

  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित

झापा । विमानस्थलको धावनमार्ग जस्तै गुञ्जायमान थियो विद्यालयको प्राङ्गण । आँखैअगाडि एकपछि अर्को गर्दै सररर उडेका हवाईजहाज, हेलिकप्टर, रकेट र चन्द्र यानको नमुना देखेर विद्यार्थीहरू एकाएक चकित परे । नहोस् पनि किन, किताबका पानामा मात्र सीमित हुने विज्ञान र प्रविधिको संसार सोमबार बिर्तामोड–१ स्थित ग्रिन फिल्ड वर्ल्ड स्कुलको प्राङ्गणमा प्रत्यक्ष रूपमा देख्न पाइएको थियो ।

अन्तर्राष्ट्रिय स्तरमै प्रतिष्ठित भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्यमा आयोजित सो विशेष हवाई प्रदर्शनीमा विद्यार्थी मात्र होइन, उपस्थित अभिभावक र स्थानीय पनि रोमाञ्चित बने । ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यासअन्तर्गत आयोजना गरिएको यो प्रदर्शनीले सबैलाई आधुनिक प्रविधिको कौतूहल र सम्भावनासँग प्रत्यक्ष साक्षात्कार गराएको थियो ।

आकाशमा रकेट र चन्द्र यान उडाउनु केवल एक दिनको रमाइलो मात्र थिएन, विद्यालयले आफ्ना विद्यार्थीलाई प्रविधिको भविष्यसँग स्थायी रूपमा जोड्ने आधार तयार पारेको छ ।

प्रदर्शनीसँगै विद्यालय परिसरमा करिब रु ४० लाखको लगानीमा निर्मित ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ल्याब’ को औपचारिक उद्घाटन पनि गरियो ।

विद्यालयका संस्थापक अध्यक्ष एवम् राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेत र पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका वरिष्ठ फिजिसियन डा शरद् भट्टराईले विशेष समारोहबीच उक्त आधुनिक प्रयोगशालाको उद्घाटन गरे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले आजको शिक्षा प्रणाली अब परम्परागत पाठ्यपुस्तकमा मात्र सीमित रहन नसक्ने स्पष्ट पारे ।

“भविष्यका चुनौतीसँग प्रतिस्पर्धा गर्न हाम्रा विद्यार्थीलाई सुरुदेखि नै सिर्जनशील, अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो,” उनले भने, “अबका विद्यार्थीले केवल अरूले बनाएको प्रविधि प्रयोग गर्ने मात्र होइन, आफैँ नयाँ प्रविधिको सिर्जना गर्ने क्षमता विकास गर्नुपर्छ । यो ल्याब उनीहरूको कल्पनाशक्तिलाई व्यवहारमा उतार्ने थलो बन्नेछ ।”

सोही क्रममा प्रमुख अतिथि डा शरद् भट्टराईले आधुनिक शिक्षामा गरिएको यो दूरदर्शी लगानीले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा गुणात्मक सुधार ल्याई भविष्यका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे । विद्यालयले अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा देखाएको यो अग्रसरता प्रशंसनीय रहेको उनको भनाइ थियो ।

विद्यालयका कार्यकारी निर्देशक आनन्द बस्नेतका अनुसार ल्याबमार्फत विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षासँग प्रत्यक्ष जोड्दै अनुसन्धान र नवप्रवर्तनको क्षमता अभिवृद्धि गराइनेछ । “विश्वभर तीव्र रूपमा विकास भइरहेको रोबोटिक्स र एआईसम्बन्धी ज्ञान विद्यालय तहदेखि नै दिन पाउनु हाम्रा लागि गर्वको विषय हो,” उनले भने ।

विद्यालयका कोअर्डिनेटर बर्नाट लामाले प्रयोगशालामा विद्यार्थीले रोबोट निर्माण, प्रोग्रामिङ, कोडिङ, डिजाइन थिंकिङ र स्वचालन प्रविधि जस्ता व्यावहारिक सीप सहज रूपमा सिक्ने जानकारी दिए ।

विद्यालयका सहायक प्रधानाध्यापक रोजीना कार्कीका अनुसार नेपालमा पहिलोपटक प्रतिष्ठित ‘एरोबे कम्पनी’ सँग सहकार्य गरेर यस प्रकारको आधुनिक ल्याब सञ्चालनमा ल्याइएको दाबी गरिन् । उनले विद्यार्थीहरूले विभिन्न तहअनुसार रोबोटिक्स, इलेक्ट्रोनिक्स र स्वचालित प्रणालीसम्बन्धी परियोजनामा सहभागी भई सृजनात्मक काम गर्ने क्षमता निखार्ने विश्वास व्यक्त गरे । विद्यालयमा कक्षा १२ सम्मको अध्ययन हुँदै आएको छ ।

बुधबार, साउन १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.