• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, साउन २१, २०८३
☰
बिहिबार, साउन २१, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

लोकप्रिय समाचार

  • १. ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो उत्सुकता

  • २. बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट उच्च प्रशंसा

  • ३. ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ४. बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहानाको तेस्रो सहकार्य

  • ५. भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य

  • ६. ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ७. निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

  • ८. नेपाल शोकमा: हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन पुष्टि

  • ९. ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन, नेपाली फिल्म उद्योग पनि शोकमा

  • १०. ‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो उत्सुकता

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित

काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित नेपाली चलचित्र ‘कमला मिस’को बहुप्रतीक्षित ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरले भावनात्मक कथा, सामाजिक सन्देश र सशक्त पात्रहरूको प्रस्तुति मार्फत चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ।

सार्वजनिक ट्रेलरले शिक्षा, संघर्ष, मानवीय सम्बन्ध र एक शिक्षकको जीवन तथा भूमिकालाई केन्द्रमा राखिएको कथावस्तुको झलक प्रस्तुत गर्छ। भावुक दृश्य, प्रभावशाली संवाद र कलाकारहरूको सशक्त अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ।

ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चलचित्रले सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। दर्शकहरूले कथावस्तु, प्रस्तुतिको शैली र कलाकारहरूको अभिनयको प्रशंसा गर्दै चलचित्रप्रति उत्साह व्यक्त गरेका छन्।

साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित ‘कमला मिस’ आगामी साउन २२ गते (अगस्ट ७)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

चलचित्रमा निर्देशक निर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको चलचित्रका कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेशबाबु श्रेष्ठ र राम भट्टराई रहेका छन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर हुन्।

चलचित्रको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन, किरण तुलाधरको पृष्ठभूमि संगीत, मुकेश शाहको साउन्ड मास्टरिङ तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशव्यापी रूपमा वितरण गर्नेछन्।

 

शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘डिजिटल’ बन्दै खुला बजार कारोबार
वधशालाको फोहोर अब मोहर
राष्ट्रियसभाको बैठक बस्दै
आज साउन २१ गते बिहिबारको तपाइको राशिफल
चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो

  • २.
    बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट

  • ३.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार

  • ४.
    बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को

  • ५.
    भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर

  • ६.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री,

भर्खरै

  • १.
    ‘डिजिटल’ बन्दै खुला बजार कारोबार

  • २.
    वधशालाको फोहोर अब मोहर

  • ३.
    राष्ट्रियसभाको बैठक बस्दै

  • ४.
    आज साउन २१ गते बिहिबारको तपाइको राशिफल

  • ५.
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

  • ६.
    मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

  • ७.
    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  • ८.
    ‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.