जेठ २६ , चितवन ।चितवनको इच्छाकामना गाउँपालिका ५ नाग्दी खोलामा खसेको पहिरो हटाउन समय लाग्ने भएको छ ।आज बिहान ४ बजे नाग्दी खोलामा पहिरो खसेको थियो । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहे पनि समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
ट्राफिक प्रहरीका अनुसार अझै पनि स-साना पहिरो खसिरहेको छ । ट्राफिक प्रहरीले अहिले उक्त सडक हुँदै यात्रा नगर्न तथा वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ ।
आज बिहान नाग्दी खोला र कालीखोलामा पहिरो खसेको थियो । काली खोलाको पन्छाएर बाटो खुलाईए पनि नाग्दी खोलाको पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ ।
तपाईको प्रतिक्रिया


