• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता :मेयर रेनु दाहाल

  •   बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित

जेठ २६ , चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दिगो फोहर व्यवस्थापन महानगरपालिको पहिलो प्रथामिकता रहेको बताउनुभएको छ । विश्व वातावरण दिवस–२०२२ को अवसरमा बिहीबार भरतपुर महानगरपालिकाले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमलाई समापन गर्दै प्रमुख दाहालले सो कुरा बताउनु भएको हो ।

महानगरले विकास र पूर्वाधारको हिसाबले फड्को मारिसकेकाले अबको प्रथामिकता हरियाली प्रर्वद्धन गर्ने, सौन्दर्यकरण गरी महानगरलाई सुन्दर महानगर बनाउने अभियानका साथ अगाडि बढेको प्रमुख दाहालले बताउनुभयो ।

‘भरतपुरलाई सफा र सुन्दर बनाउने सबैको सझा संकल्प हो’ उहाँले भन्नुभयो,‘पहिलाको निरन्तरताले मात्रै पुग्दैन, यो कार्यलाई तीब्र गतिमा अगाडि बढाउनुपर्छ । महानगरपालिकाबाट मात्रै सुन्दर शहर निर्माण असम्भव छ ।’

अन्तर्राष्ट्रिय स्तरको फोहर व्यवस्थापनका लागि महानगरपालिकाले केही कामहरु अगाडि बढाई सकेको पनि प्रमुख दाहालले उल्लेख गर्नुभयो । अगामी नगरसभामार्फत सरसफाईको क्षेत्रको लागि राम्रा नीति, बजेट र कार्यक्रम ल्याउने पनि उहाँको भनाई छ । महानगरपालिकालाई सौन्दर्यकरण, हरियाली तथा सुन्दर र

स्वच्छ शहर निर्माण गरी अन्य शहरले पनि अनुशरण गर्न योग्य बनाउन सबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै महानगर उपप्रमुख चित्रसेन अधिकारीले भरतपुरका टोल विकास संस्थामार्फत महानगरको सरसफाईमा अघि बढ्ने बताउनुभयो । फोहरलाई व्यवस्थित गरी वातावरण संरक्षण गर्न सकेमात्रै मानव जीवन अगाडि बढ्न सक्ने भएकाले यसको महत्वलाई सबै जनाले बुझ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

वातावरण दिवसको अवसरमा भरतपुर महानगरपालिकाको सहकार्यमा यहाँका एक दर्जन बढी संघसंस्थाले वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गरेका थिए ।
दिवसको अवसरमा भरतपुर महानगरमा पर्ने राजमार्ग क्षेत्रको सरसफाई, विद्यालयमा निबन्ध प्रतियोगिता, विद्यालयमा पार्क निर्माण, पार्कहरु गोडमेल, वृक्षारोपण तथा राप्ती तटिय क्षेत्रमा सरसफाई तथा विभिन्न सरसफाईमूलक कार्यक्रम गरिएको भरतपुर महानगरपलिकाका वातावरण शाखा प्रमुख विराट घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदीले दिगो विकासमैत्री र वातावरणमैत्री शहर निर्माण गर्ने भरतपुर नगरबासीको साझा संकल्प रहेको बताउनुभयो । फोहरको व्यवस्थापन गर्न यसको वर्गीकरण, विसर्जनलयातका विषयमा महानगर र महानगरबासीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

समापन समारोहमा भरतपुर महानगरपालिको सरफाई तथा वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संघसंस्था, अभियान्ता तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

बिहिबार, जेठ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.