• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रसुवा बाढी पीडितलाई राहत लागि जुट्दै चितवनका खेलकुद संघ संस्था

  •   बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित

चितवन । चितवन जिल्ला खेलकुद बिकास समितिले रसुवा बाढी पीडितलाई राहत र उद्धारका लागि सहयोग गर्न जिल्लाका सबै खेलकुद संघ संस्थालाई अपिल गरेको छ ।

समितिले आज (बिहीबार) खेलकुदका सबै संघ संस्थाको संयुक्त बैठक राखेर सहयोगको अपिल गरेको हो । समितिका अध्यक्ष राजन कार्कीले प्राकृतिक विपद्को यस कठिन घडीमा खेलकुद क्षेत्रले पनि आफ्नो सामाजिक दायित्व निर्वाह गर्नुपर्ने बताए । उनले जिल्लाका सबै खेलकुद संघ संस्थालाई आफ्नो क्षमता र स्रोतअनुसार राहत तथा उद्धारका लागि सहयोग गर्न आग्रह गरे ।

बैठकमा सहभागी सबै खेलकुद संघ संस्थाहरु राहत तथा उद्धारका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । जस अनुसार जिल्ला खेलकुद बिकास समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । जिल्ला भविबल संघका अध्यक्ष तोरण ढकालले संघको तर्फबाट २१ हजार तथा क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले संघको तर्फबाट २० हजार रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

समितिका अध्यक्ष कार्कीले अन्य खेलकुद संघ संस्थाले पनि दुई दिन भित्र सहयोग सुनिश्चित गरेपछि एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट रकम जम्मा गर्ने बताए । ‘हामीले पैसा उठाउन खोजेको होइनौं । सरकारले पनि नउठाउ नै भनेको छ । सबै खेलकुद संघ संस्था सहयोग रकम सुनिश्चित गरेर एकैपटक कोषमा हाल्ने कुरा भयो । त्यसैले दुई दिन भित्र जति सकिन्छ त्यती रकम सुनिश्चित गरेर कोषमा जम्मा गर्न लागेका हौं, कार्कीले भने, ‘त्यो पैसा सिधै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्छौं ।’

कार्कीले खेलकुदसँग सम्बन्धित अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि विपद्को घडीमा राहत तथा उद्धारका लागि सक्दो सहयोग गर्न अपिल गरेका छन् । विपद्को समयमा मानवीय संवेदना र एकता नै सबैभन्दा ठूलो शक्ति भएकाले चितवनका खेलकुद क्षेत्रबाट सक्दो सहयोग हुने समितिका कार्यालय प्रमुख रामजी ढकालको भनाइ छ । यस्तै बैठकले मुलुकको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएकाहरु श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

बिहिबार, भदौ ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.