• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले भइरहेको प्रक्रिया ‘अन्तिम संस्कार’ नभई पहिचान नहुन्जेलका लागि अपनाइएको ‘अस्थायी व्यवस्थापन’ मात्र भएको प्रष्ट पारेका छन्।

विपद्का कारण उत्पन्न जटिल परिस्थिति र सम्भावित स्वास्थ्य सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मापदण्ड (आइसीआरसी) र सरकारी निर्देशिकाअनुसार शव व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

आइतबार जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी अर्यालले शव व्यवस्थापनामा भइरहेको कामका बारेमा प्रष्ट पार्दै भने, “यो दाहसंस्कार होइन, अन्तिम संस्कार होइन । शव पहिचान नहुन्जेलसम्मका लागि सम्मानजनक हिसाबले राखिएको अस्थायी संरक्षण प्रणाली हो । बाहिर राख्दा दुर्गन्धित भएर समाजमा सङ्क्रमक रोग फैलिन सक्नेतर्फ सचेत भएर हामीले कानुन बमोजिम र रेडक्रसको अन्तरराष्ट्रिय समितिको मार्गनिर्देशनलाई सम्मान गर्दै यो व्यवस्थापन गरेका हौँ ।”

चितवनका अस्पतालमा जम्मा ३० वटा शव राख्ने क्षमता भए पनि हालसम्म २७२ शव प्राप्त भइसकेकाले अन्य विकल्प नभएकाले शव गाड्ने निर्णयमा पुगेको प्रअिज अर्यालले बताए । उनका अनुसार प्राप्त २७२ शवमध्ये १० वटा आफन्तले जिम्मा लिइसकेका छन् भने अन्यको अस्थायी व्यवस्थापन गरिएको छ।

प्रत्येक शवको फोटो, ट्याग नम्बर र डिएनए नमूना सुरक्षित राखिएकाले पछि आफन्त आएमा शव उत्खनन गरी हस्तान्तरण गर्न सकिने व्यवस्था मिलाइएको उनले बताए। उनले थपे, “यदि भोलि कुनै आफन्त आएर फोटो र ट्यागका आधारमा डिएनए परीक्षण गर्न चाहनुहुन्छ र परीक्षण सफल हुन्छ भने हामी माथिबाट कोड नम्बर खोजेर शव उत्खनन गरी उहाँहरूलाई अन्तिम संस्कारका लागि हस्तान्तरण गर्नेछौँ ।”

प्रअिज अर्यालले अस्थायी होल्डिङ सेन्टर बनाउँदा र ‘एसी’ तथा ‘कम्प्रेसर’ जोड्दा लगातार आउने प्राविधिक समस्याका साथै अहिले शव सड्न थालेकाले शव गाड्ने विकल्प पुगेको स्पष्ट पारे। उनले यो प्रक्रिया छनोट नभएर अन्तिम विकल्पको रूपमा बाध्यता अवस्थामा अपनाइएको बताए।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा क्षमताभन्दा बढी शव आएकाले फोरेन्सिक जाँच र डिएनए नमूना सङ्कलनमा निकै चुनौती थपिएको बताए। अत्यधिक गर्मीका कारण शव छिटो कुहिन थालेपछि विशेषज्ञ चिकित्सकको टोली खटाएर तीव्र गतिमा अभिलेखीकरणको काम गरिएको उनले जानकारी दिए।

अस्पतालबाट महामारी फैलिने त्रासबारे प्रष्ट पार्दै डा. बगालेले भने, “शव परीक्षण गरिएका ठाउँबाट सिधैँ महामारी फैलिने जोखिम रहँदैन । सरसफाइ गर्दा निस्कने तरल पदार्थ पानीको मुहानमा नमिसियोस् भनेर छुट्टै खाल्डो खनेर सुरक्षित व्यवस्थापन गरेका छौँ र दिनमा २५-३० पटकभन्दा बढी विषाणुरहित बनाउने औषधि छर्किएका छौँ ।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.