• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

दैनिक पैँतिस हजार सिलिन्डर पठाइँदै

  •   आइतबार, भदौ २१, २०८३ मा प्रकाशित

नारायणगढ, भदौ २१ गते । काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट अहिले दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको उद्योगीले बताएका छन् । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँबाहिरबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा सिलिन्डर भरेर काठमाडौँ पठाउँदै गरेको जानकारी दिनुभयो । “हामीले बिहीबार २४ हजार शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौँ पठाएका छौँ,” उहाँले भन्नुभयो, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ पुगेको छ ।”

नेपाल आयल निगमले उपत्यकाबाहिर पनि सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारबाटै वैकल्पिक मार्गबाट ढुवानी सुरु गरेर सिलिन्डर पठाइएको अध्यक्ष चन्दले बताउनुभयो । काठमाडौँमा खालि भएका सिलिन्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनुपर्ने र त्यहिँ ट्रकमार्फत भरेका सिलिन्डर उपत्यका लैजाने गरिएको उहाँले जानकारी दिनुभयो ।

सङ्घका अनुसार अहिले नेपाल, एचपी, त्रिवेणी, बाबा, श्री, साईबाबा ग्यास चितवनमा, जानकी र श्रीराम नवलपुर गैँडाकोटमा, सीताश्री, श्रीमाया, लियो ग्यास बारा र पर्सामा भरेर काठमाडौँ पुर्‍याइन्छ । त्यस्तै हिमाल र सगर ग्यास पर्सा र धनुषामा, एभरेस्ट र सुगम ग्यास हेटौँडामा भरेर पुर्‍याउने गरेको सङ्घले जनाएको छ ।

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेती काठमाडौँको आवश्यकतालाई चितवनवाट पूरा गरिएको बताउनुहुन्छ । “चितवनमा रहेका उद्योगबाट ग्यास भरेर सिलिन्डर काठमाडौँ पठाइएको छ,” उहाँले भन्नुभयो ।

सरकारको समेत लगानी रहेको साल्ट टे«डिङ कर्पोरेसनले पनि अहिले निजी ग्यास कम्पनीको ग्यास प्लान्टमा आफ्ना ‘एसटिसी सिलिन्डर’ मा ग्यास ‘बोटलिङ’ गरेर काठमाडौँ पुर्‍याइरहेको छ । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कर्पोरेसनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लान्ट’ मा पनि असर परेको छ । आफ्नो प्लान्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेसनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज, बाबा ग्यासका ‘प्लान्ट’ सँग सहकार्य गरेर आफ्ना खाली सिलिन्डरमा ग्यास भरेर वैकल्पिक मार्गबाट उपत्यका पुर्‍याएको जनाएको छ । सामान्य अवस्थामा काठमाडौँको ग्यास खपत दैनिक ४० हजार सिलिन्डर हो । अझै पनि माग अनुसार ग्यास काठमाडौँ लैजान सकिने सङ्घका अध्यक्ष चन्दले बताउनुभयो ।

नेपाल आयल निगमले यसरी भरेर लगिएको सिलिन्डरको मूल्य साबिकभन्दा १०५ रुपियाँ ३८ पैसा बढीमा बिक्री गर्न पाउने गरी अनुमति दिएको छ । साबिकमा प्रतिसिलिन्डर दुई हजार ६० रुपियाँ मूल्य रहेकोमा अहिले मूल्य बढेर प्रतिसिलिन्डर दुई हजार १६५ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।

आइतबार, भदौ २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.