भरतपुर ,भदौ २६ गते । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको बा.प्र. ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक पुरुषजस्तो देखिने व्यक्ति मृत अवस्थामा फेला परेका हुन्।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


