• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

तपाइको आजको राशिफल

  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित

२०७९ जेठ २९ गते, आइतवार, १२ जुन २०२२। ज्येष्ठ शुक्लपक्ष त्रयाेदशी तिथि। विशाखा नक्षत्र। चन्द्रराशि– तुला, १६ः३८ बजेदेखि वृश्चिक।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। केही आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। प्रयत्न गर्दा यात्राकाे साइत जुर्न सक्छ। साँझतिर व्यापार बढ्नेछ। तर मनाेरञ्जन खर्चिलो हुनेछ। आफन्तसँग सुमधुर सम्बन्ध कायम राख्न व्यवहारमा सजग रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रतीक्षित नतिजा कमजाेर देखिनाले काम दाेहाेर्याउनुपर्ला। अरूको फाइदाका लागि उपयोग भइनेछ। उद्योग र व्यापारमा कम मात्र फाइदा हुनेछ। नयाँ काम थाल्न केही समय पर्खनुपर्ला। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। साेख र आवश्यकताले खर्च बढ्नेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझतिर अभिभावकका माध्यमबाट काम बन्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत-साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। मनग्य धनलाभ हुनाले दैनिकीमा परिवर्तन आउनेछ। साँझतिर बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला। अरूको मुख ताक्ने बानीले काम राेकिन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। तर दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा विशेष निर्णय नलिनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। साँझतिर टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउने चेष्टा गर्नेछन्। चाुनाैतीपूर्ण जिम्मेवारी आउने हुँदा परिस्थिति विचार गरेर मात्र नयाँ काम थालनी गर्नुपर्ला। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला। अभाव टार्दैमा समय बित्नेछ। तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। साँझतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कार्तिक ०४ गते बडा दशैंको दिनको तपाइको राशिफल
आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल
आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल
आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल
आज असोज ३१ गते शनिबारको तपाइको राशिफल
आज असोज ३० गते शुक्रवारको तपाइको राशिफल

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.