चितवन । भरतपुर महानगरपालिका–१५ स्थित गाई अनुसन्धान केन्द्र नजिक स्कुटर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
गत साउन १० गते बिहान ९ः४५ बजे मङ्गलपुरबाट रामपुरतर्फ आउँदै गरेको बा.प्र.०६–०७ प ०४६१ नम्बरको ईभी स्कुटर र सोही दिशाबाट आउँदै गरेको ना.२४ प ६१९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा घाइते भएका स्कुटर तथा मोटरसाइकल चालक र मोटरसाइकलमा पछाडि सवार व्यक्तिको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा भ.म.न.पा.–८ बस्ने ४० वर्षीय अनिल भन्ने अनिरुद्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि स्कुटर चालक भ.म.न.पा.–६ बस्ने ६५ वर्षीय अनिरुद्र पौडेल र मोटरसाइकल चालक भ.म.न.पा.–८ बस्ने ३७ वर्षीय विकास नेपालीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


