काठमाडौं । सत्यराज चौलागाईंको निर्देशनमा तयार भएको ‘रुँदा रुँदै’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा प्रकाशदीप तिमल्सिना, आकृति पोखरेल, सरिता राजुपाध्याय, राज पण्डित, अनिल पोखरेल र संगम पौडेललगायत कलाकारको अभिनय रहेको छ। सम्मान चौलागाईं बाल कलाकारका रूपमा भिडियोमा देखिएका छन्।
गीतमा रोशन बलामीको स्वर रहेको छ भने प्रकाशदीप तिमल्सिनाले शब्द लेखेका छन्। सुन्दर मगरको संगीत रहेको गीतको मिक्सिङ तथा मास्टरिङ पनि मगरले नै गरेका हुन्। गीत एसएम स्टुडियोमा रेकर्ड गरिएको हो।
रामकुमार केसीले छायांकन गरेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन तथा कलरिङ रहेको छ।
अनिल पोखरेलको निर्माण रहेको भिडियोमा गीतको भाव र कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
तपाईको प्रतिक्रिया


