चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बुधबार साँझ करिब ७ः२० बजे सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बा.प्र. ०६–००५ प १६१० नम्बरको बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो।
दुर्घटनामा भरतपुर महानगरपालिका–११ बस्ने २९ वर्षीय देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ घर भई हाल भरतपुर–११ बस्ने २८ वर्षीय सागर थापा घाइते भएका थिए।
दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा देवेन्द्र थापालाई चिकित्सकले साँझ ८ः०५ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ। सागर थापाको अवस्था सामान्य रहेको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया


