काठमाडौं । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५’ (आफ्टर द फाइनल म्याच) को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको ट्रेलर राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
आगामी कात्तिक ६ गतेदेखि देशभरका सिनेमाघरमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको अभिनय रहेको छ।
‘कबड्डी ५’मा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, सिर्जना गुरुङ, रिश्मा गुरुङ, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजार, पञ्चसुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ।
चलचित्रका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) हुन्।
‘कबड्डी’ शृङ्खलाको नयाँ भागका रूपमा निर्माण भएको ‘कबड्डी ५’को ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिलाई लिएर दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ।


