• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

  •   बुधबार, असोज २८, २०८३ मा प्रकाशित

मुस्ताङ- प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि निरन्तरता पाउँदै आएको छ । कुनै बेला हिमालपारिको व्यापारमा ऊन र नुनको कारोबार गर्ने मार्गको विरासत दसैँंका बेला हिमाली च्याङ्ग्रा बजार झार्ने परम्पराले धानेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीका च्याङग्रा व्यापारी निरज थकालीले प्राचीन रेशमी मार्ग, मुस्ताङी च्याङ्ग्रा र पोखरा क्षेत्रको दसँैको हजाराँ वर्ष पुरानो सम्बन्ध रहेको बताउनुभयो ।

“रेशमी मार्गमा नुन र ऊनको व्यापार इतिहास बने पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बेच्न बजार झर्ने चलनले रेशमी मार्गको विरासत धानेको छ,” उहाँले भन्नुभयो, “मुक्तिनाथ आएका तीर्थयात्रीको माध्यमबाट मुस्ताङी च्याङ्ग्राको मासुको स्वाद देशभर फैलिएको इतिहास छ ।”

मुस्ताङका लेकाली खर्कबाट सुरु भएको च्याङ्ग्राको यात्रा म्याग्दी, पर्वत, बागलुङ, चितवन, काठमाडौँ, पोखरा, बुटवल, स्याङ्जा, नुवाकोटलगायत देशका ठूला सहरसम्म फैलिएको छ ।

विगतमा वस्तु र संस्कृतिको आदानप्रदान हुने यस भेगमा आज पनि च्याङ्ग्राको व्यापारले हिमाल र सहरबीचको सम्बन्धलाई जीवन्त राखेको नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो ।

“ऊन र नुनको पुरानो व्यापार हराउँदै गए पनि दसैँमा मुस्ताङी च्याङ्ग्रा बजार झार्ने परम्पराले भने निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो, “यही परम्पराले हिमाली जीवनशैली, स्थानीय अर्थतन्त्र र पोखराको दसैँलाई पनि एउटै धागोमा उनेको छ ।”

हिमाली भेडाच्याङ्ग्राको बथान बजार झर्न थालेपछि सर्वसाधारणलाई दसैँ भित्रिएको महसुस गराउँछ । लोमान्थाङ गाउँपालिका–१ छोसेरका आङग्याल गुरुङ यस वर्ष दसैँका लागि ७०० च्याङ्ग्रा बिक्री गर्न बजार झर्नुभएको छ । “पुर्खाले गर्दै आएको च्याङ्ग्रा व्यापारको पेसालाई निरन्तरता दिएको छु,” उहाँले भन्नुभयो, “च्याङ्ग्रा पालेका किसानबाट खरिद गर्ने र आफ्नै गोठमा पालेका च्याङ्ग्रा बेच्न दसँैको समयमा बजार झर्ने हाम्रो पुरानो चलन हो ।”

उपल्लो मुस्ताङका किसानका लागि च्याङ्ग्रा पालन परम्परागत पेसा र आम्दानीको प्रमुख आधार हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ तेताङका पेम्बा गुरुङले विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आउनुभएको छ । किसानबाट च्याङ्ग्रा खरिद गरेर दसैँका बेला बजारमा बिक्री गर्ने उहाँको व्यवसाय पुस्र्तौंदेखि चलिआएको छ ।

नेपाल पशु चौपाया व्यापार सेवा सङ्घका संस्थापक अध्यक्ष श्रेष्ठ पनि छ दशकदेखि च्याङ्ग्राको व्यापारमा आबद्ध हुनुहुन्छ । बुबाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिँदै आउनुभएका उहाँले यस वर्ष काठमाडौँ पठाउन एक हजार च्याङ्ग्रा मुस्ताङबाट सात दिन हिँडाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा ल्याउनुभएको छ । उहाँले यस व्यवसायबाट १६ जनालाई मौसमी रोजगारी दिनुभएको छ ।

श्रेष्ठका अनुसार यस वर्ष काठमाडौँका लागि तीन हजार च्याङ्ग्रा लैजाने तयारी गरिएको छ । चीनसँगको कोरला नाका बन्द रहेकाले यसपालि बजारमा आउने च्याङग्रा स्वदेशकै हुन् । एक महिनाअघि नै बुकीमा पुगेर नाम्ग्याल, छोसेर, यारा र घारालगायत क्षेत्रबाट च्याङ्ग्रा सङ्कलन गरिएको हो ।

हाल बजारमा च्याङ्ग्राको मूल्य प्रतिगोटा रु ४० हजार देखि रु ५० हजारसम्म पर्छ । श्रेष्ठका अनुसार विगतमा प्रतिकिलो रु एक हजार ३५० देखि रु एक हजार ४०० सम्ममा च्याङ्ग्राको मासु बिक्री हुने गरेको थियो ।

हिमाली बुकीमा पाइने जडीबुटी खाएर हुर्किने भएकाले च्याङ्ग्राको मासु पौष्टिक हुने मालिका गाउँपालिका–६ दरवाङका श्रीदत्त गौतमले बताउनुभयो । पाँच वर्षसम्म पालिएका च्याङ्ग्राको मासु स्वादिलो हुने व्यापारीको भनाइ छ । च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चापदार्थका रूपमा पनि प्रयोग हुन्छ ।

उता च्याङ्ग्रापालन गर्ने किसानको सङ्ख्या भने घट्दै गएको छ । छोसेरमा पहिले २५ वटा च्याङ्ग्राका गोठ रहेकामा अहिले पाँचवटा मात्रै बाँकी रहेको किसान पनि रहेका च्याङ्ग्रा व्यापारी आङग्याल गुरुङले बताउनुभयो । हिउँचितुवाबाट च्याङ्ग्रा जोगाउनुपर्ने चुनौती, हिउँदमा चरन र आहाराको अभाव, गोठाला नपाइनु तथा युवा वैदेशिक रोजगारीमा जाने क्रम बढ्नुले परम्परागत व्यवसाय सङ्कटमा परेको स्थानीय बताउँछन् ।

कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट १३ हजार ८१७ भेडा च्याङ्ग्रा निकासी भएका छन् । कार्यालय प्रमुख लालमणि अर्यालले ११ हजार ७०० च्याङ्ग्रा र दुई हजार २१५ भेडाको स्वास्थ्य परीक्षण गरी निकासीका लागि अनुमति दिइएको बताउनुभयो । कार्यालयले स्वास्थ्य परीक्षणपछि स्वस्थ भेडाच्याङ्ग्रा मात्र निकासी हुने व्यवस्था मिलाएको छ । गत वर्ष मुस्ताङबाट १८ हजार भेडाच्याङ्ग्रा निकासी भएका थिए ।

मुस्ताङका वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा करिब ५० हजार च्याङ्ग्रा पालिएका छन् । उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोतका रूपमा रहेको च्याङ्ग्रापालनले स्थानीय अर्थतन्त्रसँगै पुस्तौँदेखिको परम्परालाई धानेको छ ।

यस वर्षको बाढीपहिरोले सडकमा क्षति पुर्‍याउँदा च्याङ्ग्रा बजार ल्याउन व्यापारीलाई कठिन भएको छ । च्याङ्ग्रा खरिद गर्न जाँदा सहज रहेको सडक फर्किने बेलासम्म बिग्रिएपछि कतिपय ठाउँमा जोखिमपूर्ण यात्रा गर्नुपरेको व्यापारीहरुले बताएका छन् ।

बेनी–जोमसोम सडकका म्याग्दी खण्ड बाढी पहिरोले छियाछिया भएकाले च्याङ्ग्रा ओसारपसार चुनौतीपूर्ण बनेको छ । सडक छिटो सञ्चालनमा आएकाले ठूलो राहत मिलेको व्यवसायीले बताएका छन् ।

बुधबार, असोज २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.