• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  •   बिहिबार, असोज २९, २०८३ मा प्रकाशित

चितवन । नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो ।

नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका सभापति रवि लामिछानेलाई भेट गरेको थियो । भेटलगत्तै सभापति लामिछानेको आग्रहपछि पूर्वाधार विकास मन्त्रालयले गुरुयोजना तर्जुमाका लागि कार्यदल बनाएको थियो । रास्वपाका केन्द्रीय कोषाध्यक्ष डा मनोहर प्रधानका अनुसार सभापतिको आग्रहपछि मन्त्रालयले बनाएको कार्यदलले स्थलगत अध्ययन थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर दीपक श्रेष्ठको संयोजकत्वमा असोज २३ गते कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख कृष्णकुमार महर्जन, विभागका इन्जिनियर लक्ष्मीशोभा महर्जन, इन्जिनियर अप्सना श्रेष्ठ र सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका इन्जिनियर सिजन श्रेष्ठ रहेका छन् ।

प्रधानका अनुसार मन्त्रालयले नारायणगढ बजारस्थित नारायणी नदीको तटीय क्षेत्रलाई सौन्दर्यकरण तथा ‘रिक्रियसन’ स्थलका रुपमा विकास गर्न गुरुयोजना तर्जुमाका लागि कार्यदल वनाएको हो । कार्यदलले पहिलो चरणमा सरोकारवालासँग भरतपुरमा छलफल गरिसकेको छ ।

भरतपुर महानगरपालिका, उद्योग वाणिज्य सङ्घ चितवन, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना चितवनका प्रमुखलगायतसँग स्थलगत र महानगरमा बसेर छलफल गरिएको छ ।

कार्यदलका संयोजक श्रेष्ठले स्थलगत अध्ययन गर्दा पहिलो चरणमा तटबन्धनबाट नदी किनारलाई सुरक्षित गर्नुपर्ने देखिएको बताए । त्यसका लागि तटबन्धनको काम गर्ने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनासँग छलफल गरिएको उनले बताए । उनले भने, “पहिला नदीलाई तटबन्धबाट सुरक्षित गरी सौन्दर्यकरणको काम गर्नुपर्छ भन्ने हाम्रो ठम्याइ भएको छ ।” कार्यदलले कामलाई तीव्र रुपमा अघि बढाउने उनले बताए ।

नारायणी नदीको चितवन र नवलपरासीतर्फको दुवैतर्फ तटबन्धन गर्न बाँकी रहेका क्षेत्रमा सँगै तटबन्धन गरी नदी किनारलाई सौन्दर्यकरण गर्नुपर्ने सुझाव सरोकारवालाहरुले दिएका छन् । अध्ययनको काम तत्काल सम्पन्न गरी काम अघि बढाउने योजनामा विभाग रहेको उनले जानकारी दिए ।

स्थानीयसमेत रहेका प्रधानले दुबै मन्त्रालय संग समन्वय गरी काम अघि वढाइने बताए । उनले भने, “नारायणी नदीका कारण हुने कटान रोक्नका लागि आवश्यक काम तत्काल गर्न सभापतिको निर्देशन भएकाले सोहीअनुसार काम अघि बढ्नेछ ।”

नारायणी नदीको बाढी र कटानबाट चितवन र नवलपरासीका बस्ती जोगाउन ६० किलोमिटर तटबन्ध निर्माण गर्नुपर्ने देखिएको छ । यसका लागि रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा असोज ११ गते आएको बाढीपछि गरिएको स्थलगत अध्ययनले चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ४५ किलोमिटर तटबन्ध आवश्यक रहेको देखाएको हो । समयमै बजेट व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन नसके आगामी वर्ष पनि नदी कटानको जोखिम कायम रहने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सागर पौडेलका अनुसार तटबन्ध निर्माणका लागि वर्तमान बजार मूल्यअनुसार रु २२ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ । नदीबाट थप क्षति हुन नदिन तत्काल मर्मत तथा संरक्षणका काम गर्न करिब रु छ अर्ब आवश्यक रहेको कार्यालय प्रमुख डा नारायणप्रसाद सुवेदीले बताए ।

नदी तटीय क्षेत्रमा सौन्दर्यकरण गर्नु अघि तटबन्धन गर्नुपर्ने देखिएका आवश्यक अध्ययन र काम अघि बढाउने विषयमा छलफल थालिएको बताउनुभयो । बजार क्षेत्रसँगै दुवै जिल्लामा तटबन्धन नगरिएका ठाउँमा तटबन्धन आवश्यक देखिएको उनले बताए ।

बिहिबार, असोज २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.