• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

भरतपुर महानगरको ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक

  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित

असार १० ,चितवन । चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेटको सिलिङ बढाएको छ । अघिल्लो आर्थिक बर्षभन्दा ९३ करोड २९ लाख ९१ हजार बराबरको बजेट बढाएको हो । महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५ अर्व ७४ करोड ४२ लाख ५६ हजारको बजेट सार्वजनिक गरेको छ ।

चालु आर्थिक बर्षका लागि ४ अर्व ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बिनियोजन गरिएको थियो । महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तन्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँड जनसहभागिता लगायतका शिर्षकमा बजेट बढाएको छ । यसपटक आन्तरिक आय ३० करोड बृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी बर्ष १४ करोड ७० लाख १७ रुपैयाँले बृद्धि हुने अनुमान गरिएको छ । महानगरका उप–प्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा आन्तरिक आय १ अर्व ५० करोड, अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्व ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजश्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान छ । जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्व ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड, जिल्ला समन्वय समितिबाट ५ करोड आउने प्रक्षेपण गरिएको छ ।

महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरुका लागि १ अर्व ३० करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्वन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको छ ।

ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न ६ करोड, मुख्य शहरी क्षेत्रमा ढल निर्माण, विद्युतिय बस खरिद, सार्वजनिक शौचालय निर्माण, ओभर हेड ब्रिज, परियोजना बैंक निर्माण, लगायतका अन्य पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै शिक्षाका पूर्वाधार तथा दक्षता अभिवृद्धिका लागि १३ करोड, नियमित मर्मत संम्भारका लागि ८ करोड, विभिन्न स्वास्थ्य कार्यक्रम तथा नीति कार्यान्वयनका लागि ७ करोड, मासिक ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत खानेपानी बोर्डलाई भुक्तानी दिन ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

फोहरमैलाको स्रोत केन्द्रमा नै व्यवस्थापन, एक वडा एक पार्क, डम्पिङ्ग साइट व्यवस्थापन, फोहर संकलन तथा ढुवानीका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।

सूचना प्रविधि एव् डिजिटल प्रणालीको लागि ३ करोड, सहकारी तथा रोजगार प्रर्वद्धनका लागि २ करोड ५० लाख, पर्यटन तथा उद्योगका लागि २ करोड ५० लाख, विभिन्न खेलकुद तथा युवासँग सम्वन्धित कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

महानगर भित्र स्थायी रुपमा बसोवास गर्ने महिलाहरुबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरुका लागि छोरी बीमा कार्यक्रममा खर्च गर्न २ करोड, सहिद वेपत्ता घाइते, अपाङ्ग, जेष्ठ नागरिक बिश्रामस्थल कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको छ ।

विपद् व्यवस्थापन र त्यसको पूर्व तयारीका लागि २ करोड ४५ लाख ५२ हजार बजेट व्यवस्थापन गरिएको छ । सम्पूर्ण करदाताहरुको अभिलेख अद्याविधिक तथा करलाई डिजिटल प्रणालीमा आबद्ध गर्ने लगायतका कार्यक्रमका लागि १ करोड, कर्मचारीको क्षमता अभिवृद्धि, तालिम, भ्रमण, सार्वजनिक सुनुवाई, सामाजिक लेखा परीक्षण, नागरिक सहायता केन्द्र सञ्चालन लगायतका कार्यक्रमका लागि १ करोड रुपैयाँ छुट्याइएको छ ।

संघ तथा प्रदेश र विभिन्न नीजि क्षेत्रको सहकार्यमा लगानी सम्मेलनमार्फत स्रोत जुटाई दीगो पूर्वाधार विकास लगायतको कार्य गर्न ५० लाख, समग्र प्रशासनिक खर्चका लागि ७५ करोड, मागमा आधारित लक्षित बर्ग कार्यक्रमका लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

महानगरको प्राथमिकता : शहरी पूर्वाधार, अधुरा योजनाको निरन्तरता

भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि बजेटका प्राथमिकताको क्षेत्रमा शहरी पूर्वाधार, भूउपयोग तथा वस्ती विकास र अधुरा योजनाहरुको निरन्तरतालाई राखेको छ ।महागनरले कृषि र पशु विकास, शिक्षा विकास, मर्मत सम्भार, स्वास्थ्य सेवा, वातावरण, सरसफाई एवम् हरियाली तथा विपद् व्यवस्थापनलाई क्रमशः प्राथमकितामा राखेको बजेटमा देखिन्छ ।भरतपुर महानगरपालिकाका लागि संघीय र प्रदेश सरकारले शर्शत अनुदानका लागि पठाएको ७ करोड फ्रिज हुने देखिएको छ ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटमा चालु आर्थिक बर्षको बजेटबाट पूँजीगत ७ करोड रकम फ्रिज हुने संसोधित अनुमान गरिएको छ । महागनरपालिको चालु आर्थिक बर्षको चालु शीर्षकमा व्ययतर्फ २ अर्व ३३ करोड २३ लाख ५२ हजार विनियोजन भएकोमा जेठ मसान्तसम्म १ अर्व ४१ करोड १६ लाख ४९ हजार अर्थात ६१ प्रतिशत खर्च भएको छ ।पूँजीगततर्फ ३ अर्व १८ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा १ अर्व ९ करोड २७ लाख ६८ हजार अर्थात ३५ प्रतिशत मात्रै खर्च भएको छ ।

उपप्रमुख अधिकारीले पेश गरेको बजेटमा चालु बर्षको चालु खर्च १ अर्व ६७ करोड ५० लाख र पूँजीगत खर्च १ अर्व ७५ करोड हुने संसोधित अनुमान छ । चालु आर्थिक बर्षका लागि महानगरले ५ अर्व ५१ करोड ७३ लाखको बजेट ल्याएको थियो ।यो अवधिमा अघिल्लो आर्थिक बर्षमा चालु खर्च ५७ प्रतिशत र पूँजीगत खर्च ३७ प्रतिशत थियो ।

शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.