असार २८ , चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फेला पारेको २१ थान मोवाइल सम्बन्धित धनीलाई बुझाएको छ ।मोवाइल हराएको विषयमा निवेदन दिएका आधारमा खोजी गर्ने क्रममा वर्तमान समयमा नेपाली मूल्य १४ हजार देखि एक लाख २५ हजार रूपैयाँसम्म पर्ने मोवाइल फेला पारेर धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
चितवनका विभिन्न स्थानबाट हराएका ती मोवाइल काठमाडौँ, पर्सा, नवलपरासीलगायतका जिल्लामा चलाइरहेकै अवस्थामा भेटिएको उनले बताए । आइफोन, सामसुङ, रेड्मी, ओप्पो, विवो, पोको आदि एन्ड्रोइड मोवाइल प्रहरीले फेला पारेको हो।
तपाईको प्रतिक्रिया


