असार ३१, चितवन । चलचित्र ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलरमा कृष्ण र लीला बीचको प्रेम र विछोडको कथालाई देखाइएको छ।एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याएको छ ।
आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कृष्ण लीला’ मा पुष्प खड्का , श्रद्धा क्षेत्री द्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको छ ।
दीपक वलीले निर्देशन गरेकोया चलचित्रमा प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।चलचित्रमा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको नृत्य निर्देशन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको यस चलचित्रमा निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् भने पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।
https://www.youtube.com/watch?v=aAccDLzVmcE


