साउन ३ , राप्ती । राप्ती नगरपालिकाले भरतपुरका डा.भोजराज अधिकारीलाई स्वास्थ्य विज्ञको रुपमा मनोनित गरेको छ । नगर प्रमुख शमशेर लामाले अधिकारीलाइ स्वास्थ्य बिज्ञको रुपमा मनोनीत गरेको जानकारी दिए ।
डाक्टर अधिकारीसंगको सहकार्यले राप्तीमा सकारात्मक र सहज स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास लिएको नगर प्रमुख शमसेर लामाले बताउनुभयो।
भण्डारा अस्पताल र स्वास्थ्य केन्द्रको सुधारमा आफ्नो ध्यान केन्द्रित रहने नगर प्रमुख लामाले बताएका छन्। डा.अधिकारी हाल भरतपुर अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका छन्।

तपाईको प्रतिक्रिया


