साउन ५ , चितवन । बिहीबार बिहान ७ बजेको समयमा चितवन भरतपुर महानगरपालिका वडा नं- २९ स्थित भतेरी जङ्गलको ओरालोमा मुग्लिङबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ३-००१ख २२२० नंको डिब्बा ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा१३च २२८७ नंको बलेरो एक आपसमा ठक्कर खाँदा बलेरोमा सवार दुई जना घाइते भएका छन् ।
दुर्घटनामा बलेरो चालक धादिङ निलकण्ठ नगरपालिका वडा नं ७ बस्ने वर्ष १८ को समीर नेपाली र बलेरोमा सवार भारत मोतिहारी बस्ने वर्ष ४५ को दिलीप गुप्ता घाइते भएका छन् ।
दुवै घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुवै सवारी साधन र डिब्बा ट्रक चालक नियन्त्रणमा लिइएको र बाटो अवरोध नभएको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


