साउन ५ ,चितवन । बिहीबार बेलुकी ५ः२० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका वडा नं–३ स्थित पृथ्वीराजमार्गको चुम्लिङटारमा बस र विङ्गनर गाडी एकापसमा ठक्कर खाँदा दुवै सवारी साधनमा सवार १६ जना घाइते भएका छन् ।
काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख ३५०२ नम्बरको विङ्गनर गाडी एक आपसमा ठक्कर खाइ दुर्घटना भएको हो ।
घाइतेहरुको उपचारको लागि भरतपुरतर्फ पठाइएको र बस चालक इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । विङ्गनर गाडीका चालक घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया


