साउन ९ , काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
भुवन केसी अभिनयसगै पछिल्लो समय चलचित्र निमार्ण र निर्देशन सक्रिय छन् । केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।निवर्तमान अध्यक्ष दयाराम दाहालको २ बर्षे कार्यकाल सकिएपछि विकास बोर्डको अध्यक्ष पद रिक्त थियो ।
विकास बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीले आवेदन दिएका थिए ।जसमा भुवन केसी,अरुण कुमार प्रधान, सम्झना उप्रेती रौनियार , दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनिष पण्डित, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्की रहेका थिए ।
यता नायक भूवन केसीले भने यो बिषयमा भोली मात्र आफूले जानकारी दिने बताए । उनले भने–‘मैले पनि सकारात्मक कुरा सुनेको छु । तर, अहिले नै केही भन्न सक्दिनँ । तपाइलाई भोली जानकराी दिन्छु ।’ तर, भूवन केसी निकट श्रोतले भने उनी विकास बोर्ड अध्यक्षमा नियुक्त भैसकेका छन् ।


