साउन १८ , काठमाडौं ।तीजलाई लक्षित गर्दै समिक्षा अधिकारीको स्वरमा ‘४५ हजारको कुर्ता ’ बोलको तीज गीत सार्वजनिक भएको छ। फोर वि इन्टरटेनमेन युटुभ च्यानल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो।
गीतमा क्षितिज सापकोटाको शब्द र संगीतमा यम थापाले एरेञ्ज गरेका छन् ।ऋषि बराको निर्देशन रहेको तीज गीतको भिडियोमा फजुल खर्च बिनानै तीज मनाउने कुरालाई प्रोत्साहन गरिएको छ ।
भिडियोलाई मुकेश हुमागाईंले छांयाकन एवम् अमृत चापागाईंले सम्पादन गरेका हुन ।गीतको भिडियोमा सौजल वन, वर्षा क्षेत्री, अशोक पौडेल र भरत कठायतको अभिनय तथा नृत्य देख्न सकिन्छ।
तपाईको प्रतिक्रिया


