साउन १८ ,चितवन ।चितवनमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ वीरेन्द्र चोकमा भएको दुर्घटनामा परी राप्ती नगरपालिका–६ हर्दी बस्ने वर्ष २४ की रमिता तामाङ कुंवरको मृत्यु भएको हो । सोही दुुर्घटनामा परी हर्दी बस्ने वर्ष २८ का सुशील कुंवर घाइते भएका छन् । घाइते कुंवरलाई उपचारको लागि भरतपुर पठाइएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुरबाट हेटौँडातर्फ जादै गरेको ना६ख५९८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००३प१२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटना गम्भीर घाइते भएकी रमिताको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता अधिकारीले जनाकारी दिए। स्कुटरलाई ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया


