साउन २१ ,काठमाडौं । हरेक बर्ष जस्तै यस बर्ष पनि गायक दुर्गेश थापाले तीजको गीत ल्याएका छन् । दुर्गेशले यसपाली तीजमा “बिच-बीचमा ६” लिएर आएका हुन् ।
“बिच-बीचमा ६” सहि हो सहि होमा दुर्गेशले गीत मार्फत छोरालाई कापीकिताब किनेर पढाउने र अझै पनि छोरिलाई स्कुल पढाउनु साटो काम नै लगाउने समाजको चित्रण गरेका छन् ।दुर्गेशले छोरालाइ झोला बोकाएर स्कुल पठाइरहदाँ छोरीलाई डोको बोकाएर गाईबस्तु लखेट्दै जंगल पठाउने गरेको सत्य र यथार्थमा रहेर संदेशमुलक गीत सार्वजनिक गरेका हुन् ।’
सार्वजनिक गीत “बिच-बीचमा ६” शब्द ,संगीत र स्वर दुर्गेश थापा रहेको छ । गीतको भिडियोलाई सम्पादन तथा निर्देशन क्रान्ति केसिले गरेका हुन् ।उत्सव दाहालले भिडियो छायांकन गरेका हुन् ।भिडियोमा दुर्गेश थापा सगै जविन र जविस श्रेष्ठलाई फ़िचरिङ्ग गरिएको छ ।
तपाईको प्रतिक्रिया


