साउन २३ , काठमाडौं । भदौ ३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘माइकल अधिकारी’को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक‘माइकल अधिकारी’को ‘छुकछुक रेलगाडी’ गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ भने रेवन सिंहको संगीत र शैलेश कँडेलको शब्द रहेको छ ।
गीतका चलचित्रका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ गीतमा फिचर्ड छन् ।कमल राईको नृत्य निर्देशन रहेको गीतलाई इलामसहित पूर्वी नेपाली क्षेत्रमा छायांकन गरिएको हो ।
पैसाका लागि मातृत्व सुम्पने सरोगेसी कथावस्तुमा आधारित चलचित्रलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् ।गोपीकृष्ण मुभिजको ब्यानरमा नीरक पौडेलले निर्माण गरेको चलचित्रमा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी लगायतको अभिनय छ ।
तपाईको प्रतिक्रिया


