साउन २६ , चितवन ।चितवन जिल्ला अदालतले बिहीबार २२ बर्षिय युवतीलाई जबरजस्ती यौनजन्य कृयाकलाप लगाएको आरोपमा पक्राउ परेका कल्पना महरालाई पुर्पक्षको लागी थुनामा पठाएको छ।
तनहुँको साबिक पोखरी भञ्ज्याङ गाविस–५ घर भई चितवनकाे भरतपुर– १ मा कल्पना होटेल एन्ड गेस्ट हाउस सञ्चालन गर्दै आएकी ४० वर्षीया कल्पना महरालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे।
महरालाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा अनुसन्धान गरी जिल्ला अदालत चितवनको २५ साउनको आदेशअनुसार मानव बेचबिखन मुद्दामा पुर्पक्षको लागि थुनामा राखिएको प्रहरीले जनाएको छ । २२ वर्षीया एक युवतीलाई जबर्जस्ती यौनजन्य क्रियाकलापमा लगाएको भन्ने पीडितको जाहेरीको आधारमा उनलाई ३१ असारमा वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको थियो ।
तपाईको प्रतिक्रिया


