साउन ३० , काठमाडौं। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमको बिच फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।धीरज मगर, अदिती बुढाथोकी र धीरज नाड्कर अभिनित फिल्म ‘बाबरी’को ट्रे३ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरले फिल्मको कथावस्तुलाई चित्रण गर्छ ।
खासमा त्रिकोणात्मक प्रेममा आधारित फिल्मले युवतीको प्रेमको लागि दुई युवकले गर्ने संघर्षलाई प्रस्तुत गर्छ । अदिती (बाबरी)लाई धीरज मगर एकोहोरो प्रेम गर्छन् । यी दुईको बीचमा नाड्करको प्रवेश हुन्छ र यसले त्रिकोणात्मक प्रेमको रुप लिन्छ । अनि सुरु हुन्छ बाबरीलाई पाउन हुने संघर्ष
सिक्किममा छायांकन गरिएको फिल्म नाडकरको डेब्यु फिल्म हो । ‘इन्टु मिन्टु लण्डनमा’पछि धीरज मगरको यो कमब्याक हो, जहाँ उनी क्रेजी लभरको रुपमा प्रस्तुत छन् । यसमा उनी रोमान्टिकभन्दा बढी एक्सन मुडमा देखिएका छन् । ‘कृ’पछि अदितीको यो कमब्याक हो, फिल्मा उनी डार्लिङ गर्लकै रुपमा छिन् ।
फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।
सुरेन्द्र पौडेल निर्देशित र सम्पादित फिल्ममानरेन्द्र मैनालीको छायांकन रहेको छ। फिल्म ‘बाबरी’लाई सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराले लेखेका हुन् । गणेश बुढाथोकी र पुष्पलता बुढाथोकी फिल्मका निर्माता छन् । फिल्मको ‘बाबरी रंग’ र ‘चुलबुल’ गीत चार्टबस्टरमा हिट भैसकेकाले ‘बाबरी’ प्रतिक्षित बनेको छ ।


