• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

माडीलाई मणि बनाउन प्रचण्डको पहलमा अर्बौंका योजना

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

भाद्र ८ , चितवन । चितवन राष्ट्रिय निकुञ्जका कारण पछाडि परेको माडी नगरपालिकाको विकासका लागि विगत पाँच वर्षमा अबौँ रुपैयाँका केन्द्रीय योजना परेका छन् । पर्याप्त बजेटका कारण माडी क्षेत्रको विकासले फड्को मारेको छ । विकासले गति लिँदै गएको छ ।

माडी नगरपालिकाका निवर्तमान प्रमुख ठाकुर ढकालका अनुसार माडीमा विद्युतीकरणका लागि मात्रै रु १८ करोड विनियोजन गरिएको थियो । माडीको अधिकांश क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही वर्ष अघिसम्म माडीमा प्राविधिक शिक्षाका लागि क्याम्पस थिएनन । पछिल्लो समय सिटिइभिटीबाट मान्यताप्राप्त हुने गरी दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ । ढकालका अनुसार रु १० करोड बजेटसहित शिक्षालय स्थापना भएको हो । अहिले यहाँ कृषि, स्वास्थ्य र इञ्जीनियरिङ विषयको पढाइ हुँदै छ ।

विसं २०७४ साउन २७, २८ र २९ गते गएको बाढीले मगुई, पसरे, चन्द्रे, बाँदरमुढे र चितई खोलाले कटान गरेको थियो । ती खोला तटबन्धनका लागि सङ्घीय सरकारमार्फत रु सात करोड विनियोजन भएपछि माडी नगरपालिका–४, ५, ६ र ७ वडाका बासिन्दा लाभान्वित भएका छन् । माडीको परुईबाट रिउखोलासम्मको हुलाकी सडक निर्माणका लागि रु ५२ करोड विनियोजन भई काम अघि बढेको छ । ढकालका अनुसार सात दशमलव आठ किलोमिटर लम्बाइ तथा सात दशमलव पाँच मिटर चौडाइको सडक बनाइँदै छ ।

विसं २०७४ को बाढीले बगाएका चितई, रतनी र भालुखोलाको पुल निर्माण अन्तिम चरणमा छन् । रतनीखोलाको पुल आजै उद्घाटन हुँदैछ भने चितई र भालुखोलाको थोरै काम मात्र बाँकी छ । गत आर्थिक वर्षमा मरोठ, चितई, मगुई, परुई, रम्टाखोला नियन्त्रणका लागि रु २० करोडको बोलपत्र आह्वान भई काम अघि बढाइएको छ । ढकालका अनुसार टम्टाखोला नियन्त्रणको कामको शिलान्यास आजै गरिँदै छ ।

गत वर्षकै बजेटमा विनियोजित निर्वाचन क्षेत्र विकास सडक शीर्षकबाट रु २५ करोड विनियोजन भई बरुवा–भैरवपुर–चिरौली–शीतलपुर हुँदै गगटे खोलासम्मको १० किलोमिटर सडक कालोपत्र गरिँदै छ । यसको शिलान्यास पनि आजै बरुवा बजारमा हुँदैछ । यसबाट माडीका भित्री सडक आसपास बस्ने बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।

माडीलाई सहरोन्मुख नगरमा घोषणा गराएर गत आर्थिक वर्षमा १४ किलोमिटर सडक, बाँदरमुढे शान्तिपार्क र २ नं वडामा सहिद पार्क निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । ढकालका अनुसार रु २० करोड बजेट यी आयोजनाका लागि विनियोजन भएको थियो । जनता आवास कार्यक्रमअन्तर्गत विभिन्न ठाउँमा स्थानीयवासीले घर पाएका छन् भने भूमिहीनले लालपुर्जा पाउने क्रम सुरु भएको छ ।

“हुलाकी सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण गरिँदै छ”, उनले भने । ठोरीबाट बगइसम्मको निकुञ्जभित्रको सडक कालोपत्र, वनकट्टादेखि ध्रुवसम्मको सडक कालोपत्र र पुल निर्माण अघि बढाउन विस्तृत अध्ययन प्रतिवेदनका लागि बजेट विनियोजन गरिएको छ । यी सडक र पुल बन्न रु दुई अर्बभन्दा बढी लागत लाग्ने ढकाल बताउनुहुन्छ ।

यस्तै माडी–७ मा कालोपत्र गर्न रु दुई करोड, बाँदरझुला विद्युतीकरणका लागि रु दुई करोड ८५ लाख, माडीमा कृषि विद्युतीकरणका लागि रु दुई करोड ४३ लाख, बघौडा अस्पतालका लागि रु दुई करोड, दिवाकर स्मृति माविका लागि रु एक करोड ५० लाख, जनकल्याण माविका लागि रु एक करोड सङ्घीय सरकारबाट बजेट प्राप्त भएको छ ।

चालु आर्थिक वर्षमा माडीका विभिन्न आयोजनाका लागि सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत रु २० करोड बजेट विनियोजन भएको छ । यस्तै विभिन्न खोलाको तटबन्धका लागि रु २० करोड विनियोजन भएको उनले जानकारी दिए । यसै वर्ष पाँच डिपबोरिङ र १८ स्यालो ट्य्बेल पनि माडीमा बन्दैछन् ।

माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोले यस वर्ष माडीमा धेरै सङ्घीय बजेट परेको उल्लेख गर्दै कार्यान्वयन गर्न सकिएमा माडीको विकासले फड्को मार्ने बताइन्। विगतमा भएका विकास निर्माणका काम ठेकेदार कम्पनीले समयमा नगरिदिँदा समस्या भएको उनको भनाइ छ ।

स्थानीय तहमा कम बजेट हुने हुँदा विकासका काम थोरै मात्र हुने गर्दछन् । सङ्घीय बजेट धेरै आएसँगै माडीलाई सुन्दर नगरी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । माडीमा ३५ हजार जनसङ्ख्या रहेको छ ।

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.