• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा भएन :माओवादी अध्यक्ष प्रचण्ड

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

भाद्र ८ , चितवन ।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीका कारण राजनीतिक स्थायित्व र विकासको सपना पुरा नभएको बताएका छन् । बुधबार चितवनको माडीमा पुगेर हुलाकी सडक अन्तर्गतको रतनी खोला पुलको उद्घाटन कार्यक्रममा बोल्दै उनले विकासको सपना देखेर एमालेसंग पार्टी एकता गरेको र केपीओलीलाई आफ्नै प्रस्तावमा मन्त्री बनाएको बताए ।

‘राजनीतिक स्थायित्व र विकासको सपना देखेर हामीले नेकपा बनाएका थियौँ । केपी ओलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो, उनले भने, ‘तर दुर्भाग्य, जे सपना देखेर गरेका हौँ । त्यो सपना चकनाचुर भयो ।’ उनले माडीमा आएर केपी ओलीले मणि बनाउँछु भनेपनि विकास निर्माणमा अवरोध सिर्जना गरिरहेको दावी समेत गरे । उनले सोचेजस्तो माडीको विकास नभएपनि विकासले गति लिएको दावि गरे। उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा माडीले फड्को मारेको बताए । दुई मन्त्रीसहित माडी पुगेका प्रचण्डले एक पटक माडीबासीलाई साथ दिन समेत उनले अनुरोध गरे । ‘माडी बासीले मौका दिनु भयो भने बाँकी रहेका कामलाई अर्को दिनमा अझतिब्रताका साथ अलिकति गुणात्मक प्रतिफल आउने गरि काम गर्ने मेरो सपना मरेको छैन,’ उनले भने, ‘म तपाइँहरु संगै बसेर विकास मोडल खडा होस भन्ने चाहन्छु ।’ उनले विकास निर्माणमा एकता बद्ध भएर अगाडि बढ्ने बताए ।

यस्तै वन तथा वातावरण मन्त्री प्रदिप यादवले माडी नगरपालिका अन्तगर्त पर्ने रोकिएको हुलाकी सडक विस्तारको कामलाई तुरुन्त अगाडि बढ्ने बताएका छन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले देवेन्द्रपुलदेखि बबईसम्मको साढे सात किलोमिटरको सडक विस्तारको काम एक साता भित्रै सुचारु गर्न हुलाकी सडकलाई निर्देशन दिएका छन् । यहाँ ईआईए नगरि सडक विस्तारको काम अगाडि बढेको थियो । सर्वोच्च अदालतमा रिट परेपछि काम स्थगित भएको थियो । एक साताभित्र इआईएको प्रकृया सक्ने प्रतिबद्धता जनाउँदै उनले काम गर्न अनुरोध गरेका हुन् । उनले माडीमा हुने विद्युतको समस्यालाई पनि तुरुन्तै समाधान गर्ने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्द इश्यिाक राईले चितवनमा विकासले फड्को मारेको बताए । उनले आफु नै सहरी विकास मन्त्री हुँदा धेरै पूर्वाधारहरुको शिल्यान्स भएको दावि गर्दै अहिले सम्पन्नको चरणमा रहेको दावि गरे । उनले नारायणी नदीमा नयाँ बन्ने पुलको शिल्न्यास समेत छिट्टै हुने बताए ।

यसैबिच चुनाव घोषणापछि पहिलोपटक माडी पुगेका प्रचण्डले करिव ३० करोडमा बन्न लागेका सडक तथा तटबन्धनको शिल्यान्स गरेका छन् । रणनितिक सडक अन्तरगतको बरुवा बजारदेखि गंगटेसम्मको सडकको शिल्यान्स गरेका छन् । यो सडक बरुवा बजारहुँदै भैरवपुर, सिद्रेनी, सहिदपुर, गंगटेसम्मको १२ किलोमिटर सडक कालोपत्रे हुनेछ । यस सडक निर्माणका लागि १९ करोड ९८ लाख ५१ हजार रुपैयाँमा ठेक्का लागिसकेको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर विजय दराईले जानकारी दिए । अवको एक बर्ष भित्रसक्ने गरि शिवशक्ति शिभम्ले ठेक्का पाएको छ । यस सडकको चौँडाई साढे ५ मिटर हुनेछ ।

यस्तै हुलाकी सडक अन्तरगतको बनकट्टामा सडक स्तरउन्नतीका लागि पाँच करोड विनियोजन भएको छ । त्यसको पनि प्रचण्डले आज शिल्यान्स गरेका छन् । कल्बड सहित नाला बनाउने योजना सहित बजेट विनियोजन भएको हो । यसको ४१६ मिटर लम्बाई रहेको छ । यस्तै प्रचण्डले माडीका छ वटा खोलामा बन्न लागेको तटबन्धनको शिल्यान्स पनि गरेका छन् । जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तगर्त पर्ने योजनाको शिल्यान्स प्रचण्डले माडीको टम्टा खोलामा गरेका थिए । माडीमा ६ करोड ५० लाख ४ हजारको लगानीमा ६ वटा खोलामा तटबन्धन बन्दै छ । असोजबाट काम सुरु गर्ने गरी ठेक्का सम्झौता भैसकेको नारायणी नदी व्यवस्थापन आयोजनाका इन्जिनियर शंकर बुढाथोकीले जानकारी दिए । उनका अनुसार माडीका बगई, टम्टा, परुई, मगुई, रिऊ, र चितई खोलामा तटबन्धन हुनेछ ।

प्रचण्डले रतनी खोलामा बनेको पुलको उद्घाटन समेत गरेका छन् । ६ करोड ६८ लाख ४ हजारमा लागतमा असार ३२ गते समपन्न भएको पुलको आज उद्घाटन गरिएको हो । २०७६ भदौ२७ गतेदेखि निर्माण थालिएको पुलको क्षेत्रफल २१ दशवलव २० मिटर रहेको छ ।

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.