• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. शक्तिपीठमा भक्तजनको घुइँचो

  • १०. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

प्रचण्डद्धारा माडीमा एक्कै दिनमा ३ वटा आयोजनाको शिलान्यास, एक पुलको उद्घाटन

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

भाद्र ८ ,चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माडीमा ३ वटा आयोजनाको छुट्टाछुट्टै शिलान्यास गर्नुभएको छ । चितवन क्षेत्र नम्बर ३ का सांसद रहनु भएका अध्यक्ष प्रचण्डले रीउको पुलदेखि बनकट्टासम्म बाटो ढलान तथा बरुवा, बसन्तपुर, कल्याणपुर, कीर्तनपुर र देवेन्द्रपुर बजारहरुमा नाला निर्माण, चिरौलीको भ्यागुते घोलमा पुल र मगुई नजिकै कजवे निर्माणका लागि करीव ८ करोड रुपैंया बजेटमा भएको एकीकृत टेण्डरकोे बनकट्टामा शिलान्यास गर्नुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र कार्यक्रम अन्तरगत बरुवा बजारबाट भैरवपुर, पर्साचोक हुँदै सितलपुर (गंगटे खोला) पुग्ने १३ किलोमिटर कालोपत्रे तथा ८ वटा कल्भर्ट र नालासहितको २५ करोड रुपैंया बजेट रहेको रणनैतिक सडकको बरुवा बजारमा उहाँले शिलान्यास गर्नुभयो ।त्यस्तै, नारायणी तटबन्धन आयोजना भरतपुरद्वारा निर्माण हुन लागेको करीब २० करोड रुपैंया बजेटको टम्टा, परुई, मगोई र चितई खोला तटबन्धन कार्यक्रमको प्रचण्डले टम्टा बजारमा शिलान्यास गर्नुभयो ।

माडी–ठोरी हुलाकी सडक अन्तरगत पर्ने रतनी पुलको एक कार्यक्रमका बीच उद्घाटन पनि गर्नुभयो । माडीमा हुलाकी सडकमा ११ वटा पुल निर्माण भएका छन् । यो पुलसँगै ३ वटा पुलको उद्घाटन भइसकेको छ । बाँकी ८ वटा पुलको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जले निर्माण कार्य रोकेको छ ।

शिलान्यास तथा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माडीमा सोचेको जति विकास गर्न नसकेको बताउनुभयो । माडीमा विकासले गति भने लिइरहेकाले अन्य पालिकाको तुलनामा धेरै राम्रा काम भएको उल्लेख गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले प्रचण्डलाई सांसदका रुपमा पाउनु माडीको लागि अवसर भएको बताउनुभयो ।प्रचण्डलाई विकासको नेतृत्व र देशकै नेतृत्व गर्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै ४ वर्षको बीचमा माडी क्षेत्रमा उल्लेख्य विकास र परिवर्तन भएको आफूले देखेको बताउनुभयो ।

माडीको विकासका लागि आचार संहिता लाग्नु अगावै दर्जनौं कार्यक्रमहरु शिलान्यास भई चुनाव अगावै अगाडी बढाउने उहाँले प्रतिवद्धता जनाउनुभयो । यस्तै वनमन्त्री प्रदीप यादवले माडीको विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनुभयो ।माडीमा वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गर्न बाँकी पुलको काम चार दिनभित्र सक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आउँदो संघीय र प्रादेशिक निर्वाचन अगावै माडीबासी र निकुञ्जबीचको द्वन्द समाप्त भइसक्ने र आफ्नो मन्त्रालयबाट कुनै अवरोध नरहने उहाँको जिकीर थियो ।

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.