भाद्र १२ ,चितवन । डान्स प्लानेटको आयोजनमा तिज डान्स कार्यक्रम सम्पन्न भएको छ । शनिबार डान्स प्लानेटको मुख्य कार्यालय पुल्चोकमा रहेको युथ क्लबको माथील्लो तलामा रहेको डान्स प्लानेटको आफनै हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सभापति तथा अध्यक्ष मा डान्स प्लानेट कि प्रो .पाइटर , समाजसेबि , इभेन्ट अर्गनाइजर सरिता आचार्य रहनु भएको थियो । सो कार्यक्रममा साहाराको घरकि संचालिका स्वतिका तिवारी (कुसुम ) प्रमुख अथितिमा रहनु भएको थियो ।

कार्यक्रममा अथितिहरुमा टप वान मिडियाका प्रो रबि सापकोटा, future crew का अनोल खड्का , future crew का डान्स टिचर तथा क्रोरियोगाफर बुद्द रहेका थिए । कार्यक्रममा जजमा टीका राम्जालि,अनिसा पौडेल ,अनिल एन पी जज रहेका थिए ।एन
तिज डान्स कार्यक्रममा १५ जनाले सहभागिता जनाएका थिए भने मिस्चेल सुर्या आले मगर बिजेता तथा फस्ट रनरअपमा प्रजिना श्रेष्ठ , सेकेन्ड रनरअपमा कैरब केसी हुनु भएको थियो । बिजेता र फस्ट रनरअप ले फेम सहित प्रमाण पत्र पुरस्कार दिएको थियो ।यस्तै सेकेन्ड रनरअप लगायत सम्पुर्ण सहभागीहरुलाइ प्रमाणपत्र वितरण गरिएको थियोे । कार्यकर्ममा अपुर्व सापकोटा ,आरति कंडेल , किस्बिना सापकोटा , कृतिका परिवार ,खुशी यादव , सेबिका न्यौपाने , रन्जना लामिछाने ,सिर्जना घर्ति मगर र अनुस्का सिग्देल सहभागि भएका थिए ।कार्यक्रमको उद्घोषण आर जे आरति सापकोटाले गर्नुभएको थियो।
कार्यक्रममा डान्स प्लानेट को शाखा कार्यलय भरतपुर -४ बैकुण्ठ चोक लकु का बिद्यार्थी हरुले आफ्नो नृत्य प्रस्तुत गरेका थिए।



