भाद्र १२, भरतपुर । आइतबार बेलुकी ५ः३५ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी पुलबाट नुवाकोट घर भई हाल भरतपुर-३, नौघरेमा डेरा गरी बस्ने २८ वर्षीय भीमसेन विक बेपत्ता भएका छन् ।
वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नारायणी पुलमा बागमती प्रदेश ०३–०३प ५९२६ नम्बरको स्कुटर रोकेर हामफालेका विकको खोजी कार्य जारी राखेको प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया


