भाद्र १७ ,काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिङ्गे दाउ’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिङ्गे दाउ’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘सम्हालिन्छ कहिले मन’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएको छ।चलचित्र ‘सम्हालिन्छ कहिले मन’ लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।
चलचित्र ‘सम्हालिन्छ कहिले मन’’मा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन ,सरोज खनाल, गौरी मल्ल र धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ ।चलचित्रमा समावेश ‘जरुरी कुरा छ’ गीत चार्टबस्टरमा हिट भैसकेको छ ।
एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ । सौरभ लामाले खिचेको चलचित्रमा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन छ ।
‘झिङ्गे दाउ’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘झिङ्गे दाउ’ पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘झिङ्गे दाउ’ लाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् ।चलचित्र कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेर निर्माण भएको हो ।
चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल , कुशल बिष्ट , हिउँवाला गौतम, संगम भण्डारी लगायतको अभिनय रहेको छ ।प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रका सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् ।


